भारतको चिल्ड्रेन थिएटर फेस्टिभलमा नेपाल सहभागी

काठमाडौं, ३१ जेठ । भारतको कलकत्ता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘उपियाँको निवन्ध’ मञ्चन हुने भएको छ ।
थिएटर मल, प्रेरणा विद्याश्रम हरिसिद्धि र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)को सो नाटक जुन १८ मा कलकत्तास्थित पश्चिम बंगालको एकेडेमी अफ फाइन आर्टको हलमा मञ्चन हुनेछ ।
कलकत्ता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नाटक ‘उपियाँको निवन्ध’को ४० औं मञ्चन हुनेछ । यसअघि प्रेरणा विद्याश्रमले नै २०६८ मा रुसी सांस्कृतिक केन्द्र र शैली थिएटरको राष्ट्रिय बाल नाटक महोत्सवमा पहिलोपटक मञ्चन गरेको थियो ।
कलकत्ताको नाट्य संस्था ‘एसो नाटक सिखी’ले आयोजना गर्ने सो नाट्य महोत्सव १७ जुनदेखि २१ जुनसम्म हुँदैछ । महोत्सवमा नेपाल, भारत, दक्षिण अफ्रिका, मेक्सिको, श्रीलंका लगायत आठ देश सहभागी हुने नाट्य महोत्सवमा १६ वटा नाटक मञ्चन हुनेछन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com