नेपाल र भारतका कलाकारले मौलिक सीप साटासाट गर्ने

काठमाडौं, ३१ जेठ । नेपाल र भारतका कलाकारले मौलिक कलाका सीप साटासाट गर्ने भएका छन् । ठमेलस्थित मिथिला ऐं आर्ट ग्यालरीमा ६ दिनसम्म चलेको कला प्रदर्शनीमा भारतीय कलाकार र नेपाली कलाकारबीच मौलिकता साटासाट गर्ने सहमति भएको हो ।
प्रदर्शनीमा भारतीय कलाकार महाबिर बर्मा र मुकेश विजोलीले बनाएका लोकशैलीका कला प्रदर्शनीमा राखेका थिए । कलाकार बर्माले राजस्थानका स्थानीय जातिको हाउभाउ झल्किने कला प्रदर्शनी गरेका थिए । त्यस्तै कलाकार मुकेश विजोलीले स्थानीय लोक नृत्यलाई टपक्क टिपेर आधुनिक लोकशैलीमा ढालेका छन् । प्रदर्शनीमा नेपालको तर्फबाट मुकेश मल्ल समुन्द्रमानसिंह श्रेष्ठ, उदय बज्राचार्य, ज्योति प्रकाश बिके, राधेश्याम मुल्मी लगायतले भाग लिएका थिए ।
विदेशी कलालाई महत्व दिनुभन्दा संस्कृतिमा निकट भारतको कलासँग अन्तक्र्रिया फलदायी रहेको मुकेश मल्लले बताए । भारतीय कलाकार तथा क्युरेटर डा.आरपी शर्माले नेपाली कलाकारका लागि कला प्रदर्शनीको मञ्च छिट्टै उपलब्ध गराउने वाचा गरेका थिए । दुई देशमा पालैसँग कला प्रदर्शनी गर्नसके यताका खरिदकर्ताले उताको र उताकोले यताका कलाकृति खरिद गरेर बजार समेत प्रवद्र्धन गर्न सकिने उनले औंल्याएका थिए । छ दिनसम्म चलेको प्रदर्शनीमा २७ वटा चित्रकलाहरू रहेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com