सञ्चारकर्मी इमरान खानको ‘सपनामा सजाए’ बजारमा

कपिलवस्तु, ९ असार । कपिलवस्तुमा रहेर पत्रकारिता गर्दै आएका सञ्चारकर्मी इमरान खानद्वारा अभिनित भिडियो एल्बम ‘सपनामा सजाए’ बजारमा आएको छ ।

अहिले पत्रकार इमरान खानले आफनो अभिनय दिएको म्युजिक भिडियो एल्बम ‘सपना सजाउने आस हुँदा’ बजारमा ल्याएर निकै चर्चामा छन् ।

इमरान खान ‘सपना सजाउने आस हुँदा’ गीतको म्युजिक भिडियोमा मोडलको रुपमा देखा परेका छन् ।

कपिलवस्तुमा रहेर पत्रकारिता गर्दै आएका खानले ‘सपना सजाउने आस हुँदा’ मा बुनु लामासँग पर्दामा रोमान्स गरेका छन् । खान लुम्बिनी दैनिकको कपिलवस्तुस्थित संवाददाता पनि हुन् ।

आनन्द कठरियाको स्वर, मोतिराम विष्टको शब्द र दीपक जलन तथा आनन्द कठरियाकै संगीत रहेको आधुनिक गीत ‘सपना सजाउने’ को म्युजिक भिडियोको निर्देशन नविन विरही श्रेष्ठले गरेका छन् । चेतन सागरको सम्पादन रहेको गीतका दृश्य सुरज खनालले क्यामरामा कैद गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com