माछापोखरीमा मुक्तिनाथको शाखा विस्तार

काठमाडौं । मुक्तिनाथ विकास बैंकले देशैभरि आफ्ना शाखा सञ्जालहरू विस्तार गर्ने क्रममा काठमाडांै महानगरपालिका–१६, माछापोखरीमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा ओशो तपोवनका संंयोजक तथा संस्थापक स्वामी आनन्द अरुण र यस विकास बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) ले उक्त शाखा कार्यालयको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि स्वामी आनन्द अरुणले मुक्तिनाथ विकास बैंकले प्रदान गरिरहेका सेवाहरूमा आर्थिक विकासका साथै सामाजिक, भौतिक, आध्यात्मिक तथा पर्यावरणको पनि विकास गर्नमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउँदै यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसायविस्तारमा जोड दिने बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com