“चीन भ्रमण उपलब्धिपूर्ण रहेन” : प्रो.डा. लोकराज बराल

कुटनीतिज्ञ

० प्रधानमन्त्री केपी ओलीले केही समयअघि भारत भ्रमण गर्नुभयो र त्यस लगत्तै चीन जानुभयो । चीन भ्रमणको यसको सन्देश के होला ?
— प्रधानमन्त्री हुने बित्तिकै दक्षिण र उत्तरको भ्रमण गरिहाल्नुपर्छ भन्ने हाम्रा नेताहरूमा छाप नैं परेको छ । सद्भाव लिन होस् वा सत्ता जोगाउनकै लागि भएपनि उनीहरू भ्रमणमा जान लालायित हुने गरेको पाइन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो नीतिसँग अलिकति सन्दर्भ बदलेर नेपालसँग सम्बन्ध बढाउने हिसाबले नेपालको भ्रमण गर्नुभयो । उत्तरतिरको सन्दर्भ अलिकति फरक छ । सन् २०१६ मा केपी ओली प्रधानमन्त्री हुँदा मधेश आन्दोलन चलिरहेको थियो, भारतले नाकाबन्दी ग¥यो, मधेशीलाई सपोर्ट ग¥यो भन्ने खालका भ्रम आम जनमानसमा फैलाइएको थियो । त्यतिबेलाकै समयमा केपी अ‍ोलीले आफूलाई राष्ट्रवादी छवि भएको नेता भनेर प्रमाणित गर्न खोजे र व्यापार, पारवहन, सडक र विकासका अन्य सवालहरूमा भारतमाथि मात्र आश्रित हुन नपरोस् भन्ने भावनाले उहाँलाई साथ दियो । यता, चीनले पनि रेल, बाटोघाटोको विषयमा नेपाललाई सघाउन सकिने धारणा व्यक्त ग¥यो यस्ता घटनाले केपी ओलीलाई साथ दिएको हो । यही राष्ट्रवादी छविले चुनाव जित्न र सरकार निर्माण गर्न केपी ओलीलाई सहज भएको हो । आ–आफ्नै कारणले गर्दा दुई कम्युनिष्ट पार्टी एकीकरण भएपछि केपी अ‍ोलीको चीन भ्रमण भएको छ । तर यसपालिको भ्रमणबाट त्यस्तो खासै उपलब्धि नि केही भएको छैन । एउटा सामान्य भेटघाट भयो ।


० भनेपछि यो भ्रमणको उपलब्धि केही पनि भएन ?
— यहाँको रेलको विषय मुख्य उपलब्धिको रूपमा हेरिएको छ तर नेपालीलाई त्यो चाहिन्छ कि चाहिदैंन, त्यो रेलले यहाँ खान दिन्छ कि दिँदैन, नेपाली जनताको गरिबीलाई हटाउँछ कि हटाउँदैन, नेपालको कायापलट गर्छ कि गर्दैन त्यो अर्को पक्ष हो । खालि रेल, रेल भनेर अन्य सम्पूर्ण विकासका कुराहरूलाई छायाँमा पारेको मेरो बुझाई रहेको छ । यदि चीनबाट रेलमा सामान आयो भने पनि त्यसले भारतको सामानलाइ विस्थापित गर्न सक्दैन । भूगोलले पनि हामीलाई भारतसँग नजिक बनाएको छ । त्यसलाई त हामीले विस्थापन गर्न सक्दैनौं । त्यसैले, प्रधानमन्त्री ओलीको भारत र चीन भ्रमणलाई मैले सामान्य रूपमा लिएको छ । यो भ्रमण एउटा परम्परागतरूपमै भएको हो ।


० यस भ्रमणमा जुन किसिमका समझादारीहरू भएका छन् यसमा बढी पुरानै सम्झौताहरू दोहो¥याएको पाईन्छ । प्रधानमन्त्री ओलीको तयारी पुगेन कि ?
— एकतर्फी तयारी मात्र भएर हुँदैन, दुवैतिर प्रयाप्त तयारी हुनुपर्छ । नेपालमा लगानी गर्न र अन्य विकासका कार्यहरू गर्न चीन कत्तिको उत्सुक छ भन्ने कुरा भोलिको काम गराईबाट थाहा हुन्छ । चीनले धेरै पहिलेदेखि उत्तरतिरको नाका खोल्ने कुरा गरिरहेको छ तर खोलेको छैन किन होला ? नेपाललाई सहयोग गर्दा आफूलाई बेफाईदा हुने काम त चीनले पनि गर्दैन । भोलिका दिनमा सम्झौता कार्यान्वयन हुन्छ कि हुँदैन त्यतिबेला मात्र थाहा हुन्छ भ्रमणको उपलब्धि कतिको भयो भनेर ।


० प्रधानमन्त्रीको चीन भ्रमणको मुख्य आकर्षणको रूपमा रहेको केरूङ—काठमाडौं रेलमार्गको सम्भावना कतिको छ ?
— मैले बुझे अनुसार यो धेरै गाह्रो छ । केरूङसम्म ल्याउन समस्या छैन तर त्यहाँबाट काठमाडौंसम्म ल्याउनलाई भौगोलिक अवस्थाले गर्दा धेरै अप्ठ्यारो छ । भूकम्पले हल्लिएको जमिनमा रेल कुदाउन त्यति सजिलो छैन । चीनले पनि आफ्नो पाटोबाट हेर्छ नि त । यति अप्ठ्यारो ठाउँमा रेल ल्याएपछि त्यसको उपलब्धि के हुने, त्यसबाट कति आर्जन गर्न सक्छ भन्ने उसको पनि सरोकार रहन्छ । चीनको लागि नेपाल त एउटा सानो बजार मात्र हो । उसको मुख्य उद्देश्य भनेको नेपाल हुँदै भारतसम्म रेल संजाल विस्तार गर्नु हो । यदि भारत र चीनको सम्बन्ध राम्रो भएन भने रेलसम्म मात्र रेल ल्याउनका लागि त्यति उत्साहित भएर काम गर्लान् जस्तो लाग्दैन मलार्ई ।


० चीनले काठमाडौंसम्म रेल ल्याउने भन्ने विषय पनि उठेको छ, यसमा नेपालको भूराजनीतिक महत्व कति छ ?
— रणनीतिक हिसाबले त भारत, चीन वा अन्य राष्ट्रहरूबीच नेपालमा रेल ल्याउने प्रतिस्पर्धा भयो भने राम्रै हुन्छ । अहिलेको जमानामा विकासलाई रोक्न सकिंदैन । हामीले हाम्रो व्यवस्थापन कसरी गर्ने रेल आईसकेपछि त्यसलाई म्यानेज गर्ने हाम्रो क्यापासिटी छ कि छैन त्यतातिर विचार गर्नुपर्छ । एउटा भएको जनकपूरको रेललाई त राम्रोसँग व्यवस्थित गर्न नसकेर बन्द भएको अवस्था छ । पुनः सञ्चालनका लागि कार्य भइरहेको छ । तर, हाम्रो क्षमता खोई त ? हामीले व्यवस्थापन गर्न सक्दैनौं, कुरा मात्र ठूला गरेर हुन्न । पहिले आफ्नो क्षमता बुझ्न जरूरी छ । स्वास्थ्य, शिक्षा, रोजगारी, सडक, बिजुली, खानेपानी जस्ता आधारभुत सुविधा जनतालाई चाहिएको छ । त्यसैले अहिले सस्ता नारा लगाउनुभन्दा मूलभूत कुरामा ध्यानकेन्द्रित गर्न जरूरी छ ।


० चीनले नेपाललाई बीचमा राखेर भारतीय बजार खोजेको त होईन ?
— यो विषयमा भारतको कुनै प्रतिक्रिया आएकै छैन । विश्वमा उदयीमान शक्तिको रूपमा रहेको चीनले नेपालको बजारलाई मात्र हेरेर रेल ल्याउने विषय उठाएको हो भन्ने मलाई लाग्दैन । भारतको बजारसम्म चीनियाँ रेल पुग्न सकेन भने चिनियाँ पक्षलार्ई खासै फाइदा पुग्दैन ।


० यस्तो प्रकारको रेलमार्ग चीन, भारत र नेपालको लागि कतिको फाइदाकारी हुनेछ ?
— फाईदा त रणनीतिक हिसाबले चीनलाई नै हुन्छ, भारतका लागि होइन । भोलिका दिनमा भारत र चीनको बिचमा केही असमझदारी भयो भने यो रेलले त भारतलाई फाइदा पु¥याउँदैन ।


० अहिले नेपालमा कम्युनिष्टको शक्तिशली सरकार छ, त्यसकारणले पनि नेपालप्रति चिनियाँ उत्साह बढेको हो कि ?
— चीनले नै सल्लाह दिएको त हो कम्युनिष्टलाई मिल्नका लागि । तीनवटा कुरा चीन, नेपाल र भारतको मिल्छः स्थायित्व, शान्ति र विकास । यो तिनबटा विषयमा चीन र भारतको एउटै बोली छ । कम्युनिष्ट शक्तिहरू मिल्नका लागि बाहिरी दबाबभन्दा पनि कम्युनिष्टको बाध्यता पनि थियो । पुष्पकमल दाहाललाई आफ्नो अस्तित्व बचाउनुप¥र्यो भने ओलीलाई आफ्नो नेतृत्वमा ५ वर्ष सरकार चलाउनुप¥यो । त्यहींभएर पनि नजिक भएका हुन् र चिनियाँहरूले पनि तिमीहरू मिल भनिदिएपछि कम्युनिष्ट एक भएका छन् । जसबाट चीन खुसी भएको छ ।


० चीन भ्रमणको क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ, उहाँको नेपाल भ्रमण सुनिश्चित भएको हो ?
— उहाँको भ्रमण सुनिश्चित भएको छैन । उहाँले उचित समय मिलाएर आउँछु भन्ने जवाफ दिनुभएको छ । यहाँ आउनै पर्ने बाध्यता किन छ, केही काम हुनुप¥यो । पहिले १७ वर्षसम्म भारतका प्रधानमन्त्री पनि आएनन् । त्यसकारणले भ्रमणमा आउनु र जानुले खासै फरक पार्दैन ।


० विभिन्न कालखण्डमा भएका भ्रमणहरूमा भएका सम्झौताहरूको कार्यान्वयनमा खासै ध्यान गएको देखिँदैन, यसलाई कसरी हेर्नुभएको छ ?
— यसमा दुवै पक्ष दोषी देखिन्छन् । भारतले हुलाकी मार्गका लागि सम्झौता गरेको कति वर्ष भइसक्यो, निर्माण भएको छैन । यस विषयमा न नेपालले भारतलाई प्रश्न गर्छ न त नेपालले नै तदरूकताका साथ काम निर्माण अगाडि बढाउँछ । अहिलेको सबैभन्दा ठूलो समस्या नै यही हो । नेपालले आफूले गरेको स्म्झौता अनुरूप काम भएको छ कि छैन भन्ने कुराको निगरानी राख्नुपर्छ । सम्झौता गरेको देशले पनि समयमा काम सकिने गरी अगाडि बढाउनुपर्ने हुन्छ ।


० पहिला–पहिला कुनै पनि राष्ट्रप्रमुख वा कार्यकारी प्रमुख नेपाल आउँदा सुरूमा राजधानी काठमाडौंनै आउने गथ्र्यो तर, यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण जनकपुरधामबाट भयो । यसलाई कसरी लिनुभएको छ ?
— हाम्रो एकदमै पुरानो सोचाई रहेको छ । जहिले पनि काठमाडौंमैं आउनुपर्ने, विमानस्थलमा सलामी ठोक्नुपर्ने त्यो मान्यता हो । अहिले संसार परिवर्तन भइसकेको छ । अन्य देशहरूमा कुनै राष्ट्र प्रमुख वा प्रधानमन्त्री विदेश भ्रमण जाँदा पहिला राजधानी नगई अन्य ठाउँहरूको भ्रमण गर्दै जानुहुन्छ । अहिलेको चलन यस्तो खालको भएकोले देशको जुन ठाउँमा गएपनि यसलाई सामान्य रूपमा लिनुपर्छ । जनकपुर पनि नेपालकै एउटा सहर त हो त्यहाँ आउन किन नहुनु ? भारतीय प्रधानमन्त्रीको यो भ्रमण खासगरी धार्मिक भ्रमणको रूपमा रहेको थियो । उहाँले यसभन्दा अगाडि नै जनकपुरधाम जाने इच्छा व्यक्त गर्नुभएको थियो ।


(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)


प्रकाशित मिति : २०७५ साल असार १५ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com