एनआईसी एशियाको शाखा कपिलवस्तुको लबनीमा

नारद कोहार, कपिलबस्तु, १४ असार । एनआईसी एशिया बैंकले कपिलबस्तुको शुद्धोधन गाँउपालिकाको लबनीमा शाखाको उद्घाटन गरेको छ । शुद्धोधन गाँउपालिकाको प्रमुख निसार अहमद खाले शाखा कार्यालयको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै एनआइसी एशिया बैंकको शाखा आएकोमा खुशी भएको र सरल अनि सहज बैंकिङ्ग सेवा दिनेमा विश्वस्त रहेको बताए ।

नेपाल राष्ट्र बैंकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप बैंकले लबनीमा नयाँ शाखा स्थापना गरेको र स्थानियलाई सहज सेवा प्रदान गर्ने बैंकका शाखा प्रबन्धक मोहन बहादुर खत्रीले बताए ।

प्रबन्धकले ग्राहक वर्गले यस बैंकसंग जोडिनको लागि शाखामा आएर आफुलाई आवश्यक पर्ने सेवा सुविधाका बारेमा बिना झनझट जानकारी लिन र कारोबार गर्न सक्ने बताइन् ।एनआइसी एशिया बैंकको शाखा संजाल ठूलो भएकाले सेवा लिन सहज हुने विस्वास स्थानीयले व्यक्त गरेको बैंकले जनाएको छ ।

‘बैंक पनि साथी पनि’ भन्ने नाराका साथ सेवा दिइरहेको छ । बैंकको १२ वटा शाखा रहित बैकिंङ्ग सेवा र १२ वटा एक्स्टेन्सन कार्यालय रहेको बैंकले विगतका वर्ष देखि बुटवलमा क्षेत्रिय कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आईरहेको छ ।

हाल बैँकले यस क्षेत्रमा कमर्सियल बैंकमा लिडिङ बैंक बन्ने लक्ष्य रहेको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने बताए ।सो उद्घाटन कार्यक्रममा शुद्धोधन गाउपालिकाका कार्यकारी अधिकृत प्रेम प्रसाद पोख्रेल, शसस्त्र प्रहरी विओपीका दिनेश क्षेत्री, स्थानिय निकायका जनप्रतिनिधि, प्रहरी सहायक निरिक्षक पदम बहादुर रोकया, स्थानिय लगायतको उपस्थिति रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com