ग्लोबल आईएमईको शाखारहित सेवा सञ्चालन

काठमाडौं । ग्लोबल आईएमई बैंकले थप दुईवटा शाखारहित बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा ९१ औं शाखा र साँगाचोक गढी नगरपालिकाको बलेफीमा ९२ औं शाखारहित सेवा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्म रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्नेजस्ता सेवा लिन सकिने बैंकले जनाएको छ ।
बैंकले एक सय २९ शाखा, एक सय ३२ एटीएम, पाँच एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर र ९२ शाखारहित सेवा, विदेशमा तीन सम्पर्क कार्यालयबाट आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com