मधेशको धान र नेपालको अर्थतन्त्र (सम्पादकीय)

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालमा खेती भइरहेको कुल ३० लाख ९१ हजार हेक्टरमध्ये करीब १५ लाख हेक्टरमा धान लगाउने गरिएको छ । नेपालमा ७० प्रतिशत धान उत्पादन तराई–मधेश, २७ प्रतिशत मध्यपहाड र ३ प्रतिशत उच्च पहाडमा हुने गरेको छ ।


कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार अढाइ दशक (सन् १९९०÷९१–२०१५÷१६) मा धानको क्षेत्रफल र उत्पादन तलमाथि भएको छ । २०००÷०१ मा धानको क्षेत्रफल १५ लाख ६० हजार हेक्टरसम्म पुगेकोमा २०१५÷१६ मा १३ लाख ६३ हजार भयो । रोपाईंका लागि मनसुन पर्खनु परेको, राजमार्ग छेउका खेत मासेर सिंचाइ पुगेका ठाउँमा घडेरी प्लटिङ गरेको र कतै बाढी त कतै सुक्खाले पनि यो अवस्था आएको हो । २०१३÷१४ मा धान उत्पादन ५० लाख टन भएकोमा गत वर्ष ४३ लाख टनभन्दा तल झरेको छ । धान उत्पादन सुनिश्चित बनाउन सिंचाइ, वातावरण अनुकूल बीउ र प्रविधिको प्याकेज किसानमा लैजानुपर्ने सन्देश यसले दिएको छ । गएको दशकमा मौसम परिवर्तनका असर स्वरूप बाढी, पहिरो र सुक्खा बढी देखिए । २००८ मा बाढीले ६० लाख जनसंख्या प्रभावित भएको अध्ययनहरूले बताएका छन् । यो अवस्थामा धानबालीका लागि भरपर्दो सिंचाइको व्यवस्था गर्नुको विकल्प छैन ।


मधेशका किसानले केही वर्षयता मौसम परिवर्तनको चर्कै समस्या बेहोर्दै आएका छन् । यसले गर्दा एकातिर किसानको लगानी डुब्ने र अर्कोतिर अर्बौंको धान÷चामल आयात गर्नु परिरहेको छ । धान उत्पादन बढाउने उद्देश्यले हरेक वर्ष असार १५ गते धान दिवस मनाइन्छ तर उत्पादन भने बढ्न सकेको छैन । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको हो तापनि कृषि गर्ने युवाहरू देशमा खाली हुँदैछन् ।


गत वर्ष धान रोप्ने समयमा अनुकूल वर्षा भएकोले विगतका वर्षहरूको तुलनामा उत्पादन बढेको थियो भने चालू वर्षमा भने धानको उत्पादन केही प्रतिशत बढ्ने अनुमान गरिए पनि मनसुन बेलामा सक्रिय नभएको कारणले घट्ने सम्बन्धित क्षेत्रका विज्ञहरूले जनाएका छन् ।


धानको मूल्य सामान्य रूपमा सात रूपैयाँ प्रतिकिलो हुँदा पनि नेपालमा प्रतिवर्ष ३० अर्ब रूपैयाँभन्दा बढीको धान उत्पादन हुने अनुमान सम्बन्धित क्षेत्रको थियो । कृषिप्रधान मुलुक नेपालको प्रमुख बाली धान हो । कुल खाद्यान्न उत्पादनमा धानले ८० प्रतिशत अंश ओगटेको छ । कुल खेतीयोग्य जमिनमध्ये ५५ प्रतिशत जमिनमा धानखेती हुन्छ । धानको उत्पादकत्व प्रतिहेक्टर खासै वृद्धि हुन पनि नसकेको विगतमा गरेको अनुमानले देखाएको छ । जनसंख्या प्रतिवर्ष एक दशमलव ३५ प्रतिशत बढीले वृद्धि भएको अवस्थामा यसरी प्रमुख खाद्यान्न बालीको उत्पादन घट्नु खाद्यान्न सुरक्षाकै दृष्टिले चिन्ताको विषय हो ।


खाद्यान्नको बढ्दो माग पूरा गर्न धानबाली उत्पादन वृद्धि गर्नु टड्कारो आवश्यक्ता छ । बढी उत्पादन वृद्धि गर्न असल बीउ, मल, जात, आदिका अतिरिक्त रोग नियन्त्रणका उपायको बारेमा पनि ध्यान पु¥याउनु नितान्त जरूरी छ ।
मुलुकमा धानबाली क्षेत्रफल र उत्पादनको हिसाबले प्रमुख खाद्यान्न बाली हो । यसले रोजगारी र आय–आर्जनमा पनि विशेष योगदान पु¥याइरहेको छ । देशको हिमाली र पहाडी क्षेत्रभन्दा तराई क्षेत्रले धान उत्पादनमा प्रमुख स्थान ओगटेको छ । मुलुकको कुल खाद्यान्न बाली उत्पादनमा धानको योगदान सबैभन्दा बढी रहेको छ र कृषि गार्हस्थ उत्पादनमा २० प्रतिशत योगदान दिएको छ ।


बदलिँदो परिस्थितिमा सामाजिक न्याय तथा समानताको सिद्धान्तमा मौलिक तथा संवैधानिक हकसमेतमा प्रत्याभूत हुने गरी आर्थिक समृद्धिको प्रमूख अव्यवको रूपमा कृषिलाई अंगिकार गर्नु तराई–मधेशको विकासको मूलमन्त्र हुन सक्दछ । तराई मधेशको हरेक संभावनालाई दृष्टिगत गरी अन्नबालीमा धान, गहुँ र मकै, दलहनमा मसुर, अरहर, चना, केराउ, मूग र मास, तेलहनमा तोरी, सूर्यमूखी, बदाम, तिल र कुसुम, विभिन्न नगदे तरकारी बालीमा आलु, प्याज, लसुन, टमाटर, खुर्सानी, उँखु, सूर्ती, कपास, जुट आदिका साथै र फलफूलमा आँप, लिची, कटहर, केरा, अम्बा, मेवा, सोहजन, अनार तथा विभिन्न किसिमका फूलहरूको उत्पादनमा जोड दिनु आवश्यक देखिन्छ ।

त्यस्तै तराई मधेशको अति उत्पादनशील मत्स्यपालन, पशुपन्छी पालनमा गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा, परेवा, हाँस पालनलाई महत्वका साथ दूध, अंडा तथा मासु उत्पादनमा प्रवद्र्धन गर्नु पर्ने हुन्छ । विभिन्न नदीको बगर, नहर, सार्वजनिक जग्गा तथा जंगलमा नगदे बाली तथा जडीबुटी उत्पादन, कृषिमा आधारित उद्योग धन्दा एवं कृषि पर्यटन समेतको प्रर्वद्धन गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७५ साल असार २२ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com