सप्तरीको महुली पुल भत्कियो

काठमाडौं, २४ असार । सप्तरीको महुली पुलको पश्चिमी भागको सडक भासिए पछि पूर्व पश्चिम राजमार्ग एकतार्फी रुपमा सञ्चालन भएको छ । अग्निसाइर कृष्णाशवरण गाउँपालिका–५ स्थित महुली पुलको करिब ५० मिटर खण्ड भत्किएको हो । पछिल्लो साता परेको लगातारको वर्षासँगै महुली खोलामा आएको बाढीले पुलको पश्चिममा चिरा परेको थियो । जमिनको सतह र पुलबाट करिब दुई फिटमुनिबाट बग्ने पानीले कटान गरेपछि चिरा परेको पुलको ५० मिटर खण्ड भत्किएको हो ।


जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार पुलको पश्चिम–उत्तरमा भत्किएको भए पनि एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ । पुलको बीच भागको सडक उत्तरतर्फ भत्किए पनि लहानस्थित सडक डिभिजन कार्यालयसँग समन्वय गरी तत्काल गर्न सकिने मर्मत गरिँदैछ ।


चुरे विनाशसँगै वर्षातमा बगेर आउने बालुवाले खोला पुरिंदै गएपछि महुली पुलको एक फिटमुनिबाट पानी बग्ने गरेको छ । जमिनको सतहसँगै रहेको पुलमुनिको पानी वर्षातमा फैलिएपछि खेतीयोग्य जग्गा समेत कटान हुँदै आएको छ ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com