बजेट र योजनाको अभावले कृषिक्षेत्र पछाडि परेको छ : मन्त्री पौडेल

चन्द्रकान्त खनाल, रुपन्देही २५ असार । प्रदेश ५ का भुमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्री आरती पौडेलले नेपाल कृषि प्रधान मुलुक भनिए पनि बजेट र योजनामा प्रधान नहुदा कृषि पछाडी परिरहेको बताएकी छिन् ।
बुटवल उद्योग वाणिज्य संघ र व्यवसायीक तथा सीप बिकास तालिम केन्द्रको संयुक्त आयोजनामा बुटवलको बेलवास बदेलपोखरीमा सञ्चालित ४५ दिने ग्रमिण कृषि कार्यकर्ता तालिमको समापन कार्यक्रममा बोल्दै उनले सबैभन्दा महत्वपुर्ण पेशा र व्यवसाय कृषि हुदा हुदै पनि यसप्रतिको गरीने वेवास्ता अव सह्य नहुने बताईन् ।
मन्त्री पौडेलले खेतियोग्य जमिन बाझो नराख्न प्रदेश सरकारले करार खेतिलाई प्राथमिकता दिएर आगामी बर्षका लागि १० करोड रुपैया छुट्याएको जानकारी दिईन् । उनले अर्गानिक खेतिको प्रोत्साहनका लागि अर्गानिक मलमा प्रतिकिलो १५ रुपैया प्रदेश सरकारले अनुदान दिने पनि जानकारी समेत गराईन ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष खिम बहादुर हमालले संघले यस क्षेत्रमा कृषिको सम्भावना देखेर नै कृषिको व्यवसायीकरण र आधुनिकिकरणका लागि कृषि मेला तथा कृषि सम्वन्धि बिभिन्न तालिम गोष्ठि निरन्तर सञ्चालन गर्दै आएको बताए । । उनले कृषि क्षेत्रमा प्रबिधि संगै कृषिमा आधारररित उद्योगहरुको स्थापनाका लागि पनि सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए । व्यवसायीक तथा सीप विकास तालिम केन्द्रका प्रमुख बालकृष्ण पौडेलले परम्परागत कृषिलाई प्रविधि सहित आधुनिकीकरणमा जोड्न केन्द्रले सीपमुलक तालिमहरु आयोजना गरेको बताएका छन ।
कार्यक्रममा प्रशिक्षक तुल्सीराम अधिकारी, प्रशिक्षार्थी डिला गाहा, संघका कोषाध्यक्ष बिमलराज भट्टराई, गोबिन्द पाण्डे लगायतले बोलेका थिए । तालिमका सहभागि २५ अगुवा कृषकहरुलाई मन्त्री पौडेलले प्रमाण पत्र र तरकारीको बिउ बितरण गरेकी थिईन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com