मुस्लिम मदरसाका विद्यार्थीहरुलाई कम्प्यूटर बितरण

इमरान खान, कपिलवस्तु, २५ असार । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–२ तथा त्रिशक्ति सामाजिक विकास संस्थाको आयोजनामा लक्षित वर्गको योजना अन्तर्गत मुस्लिम मदरसाका विद्यार्थीहरुलाई प्रविधिक शिक्षामा लक्षित गर्ने उद्देश्यले कम्प्युटर सेट वितरण गरिएको छ ।
नगरपालिकाको मदरसा अल खतिजुल, मदरसा नाईमिया र सेराजुल उलुमका साथै ईलाका प्रहरी कार्यालय कृष्णनगरलाई एक÷एक सेट कम्प्युटर वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष संजय कुमार गुप्ताले मुस्लिम समुदायका स–साना नानीहरुलाई अरु शिक्षा संगसंगै प्रविधिक शिक्षा दिन कम्प्युटर हस्तान्तरण गरिएको बताए ।
मदरसा बोर्डका केन्द्रीय उपाध्यक्ष मौलाना महसुद खाँ नेपालीले मुस्लिम समुदायलाई आधुनिकिकरण गर्न सहयोग गरेकोमा कृष्णनगर नगरपालिकालाई धन्यबाद ब्यक्त गरेका थिए । त्यसतै उद्योग वाणिज्य संघ कृष्णनगरका उपाध्यक्ष दिनेश चन्द्र गुप्ताले पनि मुस्लिम समाजलाई प्रविधिक शिक्षासंग जोडन पहल गरेकोले नगरपालिकालाई धन्यवाद दिदै अगामी आर्थिक बर्षमा पनि यस्ता योजनाहरु ल्याउन सके झन राम्रो हुने सुझाव व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा सदस्य सुरज गुप्ता, सुनिल मोदनवाल, विभिन्न मदरसाका प्रधानाध्यापक तथा समाजसेवी र बुद्धिजीवीको उपस्थिति रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com