बाढीपीडितलाई राहत उपलब्ध गराउन हिन्दू परिषद नेपालको माग

वीरगंज, २५ असार । हिन्दू परिषद नेपालले बाढी तथा पहिरोका घटना प्रति दुःख व्यक्त गर्दै प्रभावितलाई अत्यावश्यकीय सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
मधेश लगायत देशका विभिन्न भागमा बाढी, पहिरो र डुवान भएकोमा चासो व्यक्त गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।
‘प्राकृतिक विपतको यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल सञ्चालन गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरु— खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्धका लागि सरकारसँग हिन्दू परिषद नेपाल आग्रह गर्दछ’, हिन्दू परिषद नेपालको केन्द्रीय अध्यक्ष संतोष पटेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बाढी र पहिरो पीडितहरु राहत र उद्धार पर्खिरहेको भन्दै हिन्दू परिसद नेपालले त्यसमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com