डा. केसीको मागलाई सरकारले गरेको बेवास्ताप्रति विवेकशील साझाको आपत्ति

काठमाडौं, २५ असार । अनशनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षाबारेमा सरकारसमक्ष राख्दै आएको मागलाई सरकारले बेवास्ता गरेकोमा विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ ।
आम नागरिकहरुको स्वास्थ्यसँग जोडिएको चिकित्सा शिक्षाबारे सरकारले प्रदशन गरेको हठ र अभिव्यक्ति अत्यन्तै खेदजनक रहेको विवेकशील साझाले जनाएको छ ।
उदारीकरणका नाममा कसिलो नियमन विना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गर्दा त्यसले नाफा–खोरी व्यापारीकरणको बाटो हुँदै डरलाग्दो माफियाकरणको रूप धारण गर्न लागेको तथ्य सरकारलाई थाहा हुँदाहुँदै पनि त्यसप्रति सरकारले बेवास्ता गरेको कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बारम्बार ज्यानको बाजी लगाएर चिकित्सा शिक्षा नीति र कानुनलाई सही बाटोमा डोर्याउन डा. गोविन्द केसीले नेतृत्व गरेको अभियान, सरकारद्वारा गठित केदारभक्त माथेमा कार्यदलले तयार पारेको प्रतिवेदन र नागरिक समाजका अगुवा तथा सर्वसाधारणको निरन्तर खबरदारीको विवेकशील साझा पार्टी उच्च सम्मान गरेको कुरासमेत विज्ञप्तीमा उल्लेख रहेको छ ।
यस्तो परिस्थितिमा सीमित राजनीतिज्ञ र व्यापारीको स्वार्थ पूर्ति हुने गरी कुनै पनि नीति नबनोस् भन्नेमा पनि विवेकशील साझाले सरकारलाई खबरदारी गर्न चाहेको कुरा सोहि विज्ञप्तीमा उल्लेख गरिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com