राजपाले अर्को हप्ता संसदीय दलको नेता छान्ने

काठमाडौं, २५ असार । राष्ट्रिय जनता पार्टी, नेपालले आगामी एक हप्ता भित्र पार्टीको संसदीय दलको नेत चयन गर्ने भएको छ ।
सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले एक हप्ता भित्र संसदीय दलको नेतासहित अन्य पदाधिकारी पनि चयन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी संसदीय दलको विधानलाई टुंगो लगाउन मंगलबार १२ बजेसम्म सांसदहरूलाई आवश्यक सुझाव दिने समयसीमा पनि तोकेको छ ।
संसदीय दलको विधानको मूयौदालाई अन्तिम रुप दिने बित्तिकै दलको नेतासहितका पदाधिकारी चयनको काम सुरु गर्ने कार्यतालिका पनि बैठकले तय गरेको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए ।

बैठकमा संसदमा पार्टीको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयलाई पनि प्रवेश गराइएको थियो । त्यससम्बन्धमा प्रारम्भिक छलफल भए पनि विस्तृत छलफल भने दलको नेतासहितका पदाधिकारी चयन भएपछि गर्ने निष्कर्ष पनि निकालिएको नेता यादवले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com