रेल सञ्चालन सम्बन्धमा नेपाल–भारतका अधिकारीबीच छलफल हुँदै

काठमाडौँ, २५ असार । क्रस बोर्डर रेल कनेक्सन र जनकपुर–जयनगर रेल सञ्चालन सम्बन्धी प्रारुपबारे आज नेपाल–भारतका रेल अधिकारीबीच छलफल हुँदैछ ।

नेपाल–भारत जोड्ने पाँच वटा क्रस बोर्डर रेल परियोजनाबारे हुने छलफलका लागि भारतीय रेल विभागका अधिकारीहरु काठमाडौँ आइसकेका छन् ।
रेलवे विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्यायका भनाईमा, आजको बैठकमा जनकपुर–जयनगर परियोजनाबारे छलफल हुने बताइएको छ ।
आज र भोलि हुने बैठकमा नेपाली पक्षले रेल सेवा सञ्चालनका लागि प्राविधिकहरुको व्यवःथाका लागि पनि नेपाली पक्षसँग छलफल गर्नेछ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com