जनकपुरलाई विश्वसम्पदा सूचीमा राखिने

काठमाडौं, २५ असार । सरकारले जनकपुरलाई विश्वसम्पदामा राख्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनकपुरलाई विश्वसम्पदा सूचीमा राख्न सरकारले प्रयास गरिरहेको जानकारी पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए ।


उनले संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक सांस्कृतिक संगठन –युनेस्को)लाई आग्रह गरिएको र प्रक्रिया पूरा भएपछि जनकपुरलाई विश्वसम्पदा सूचीमा सूचीकृत हुने बताए । उनले जनकपुर क्षेत्रमा निर्माण हुने भौतिक सम्पदा तथा निर्माणको काम परम्परागत तवरले गर्नसमेत आग्रह गरे ।
राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०७५ माथि मन्त्रालयसँग जोडिएका विषयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले
यस्तै नेपाल र भारतबीच थप हवाई मार्ग प्रयोग गर्न पाउने गरी सहमति भएको तथा नेपालगञ्ज, जनकपुर, भीमदत्तनगर, सिमरा, विराटनगरलगायत मार्ग प्रयोग गर्न सकिने वातावरण बनेको उनले स्पष्ट पारे । त्यसैगरी सरकारले धनगढी, नेपालगञ्ज, विराटनगर, भद्रपुर र जनकपुर विमानस्थललाई थप व्यवस्थित र साधनस्रोत सम्पन्न बनाएर अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय उडान गरिने पनि बताए । पशुपति, लुम्बिनी र जनकपुरलाई थप प्रचारप्रसार गरी धार्मिक पर्यटनमा योगदान दिने र स्वार्गद्वारीलगायत क्षेत्रमा निजी क्षेत्रसँग मिलेर काम अगाडि बढिने उनको भनाइ छ ।

यसअघि, आइतबार बसेको बैठकले संविधान संशोधन गर्न सरकारलाई दवाव दिने निर्णय गरेको थियो । बैठकले संविधान संशोधन गर्न प्रधानमन्त्री केपी ओलीलाई नै भेटेर दवाव दिने निर्णय गरेको हो ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com