नारी शक्तिलाई बलियो बनाए मात्र समाजको विकास हुन्छ : मेयर सरावगी

वीरगंज, २६ असार । निल्स व्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले संचालन गरेको एक महिने व्युटिसिन तालिम सम्पन्न भएको छ । तालिममा सहभागी महिलाहरुलाइ नगर प्रमुख विजय कुमार सरावगी तथा प्रमुख प्रशासकिय अधिकृत डा भिष्मकुमार भूषालले प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रममा तालिम प्राप्त महिलाहरुको उतोरत्तर प्रगती शुभकामना व्यक्त गर्दै नगर सरावगीले नारी शक्तिलाइ बलियो बनाए मात्र समाजको बिकास हुने धारणा व्यक्त गरेका थिए । उनले वीरगंज महानगरपालिकले समाजिक उत्तर दायीत्व अन्तरगतको विभिन्न कामहरु गर्दै आएको बताउँदै समाजको बिकासका लागि आधा शक्तिको रुपमा रहेको महिलाहरुको विकासलाइ मुख्य प्राथमिकतामा राखेको कुरा बताए ।

कार्यक्रमा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्म कुमार भूषालले तालिमबाट प्राप्त सिपलाइ सात्वीक प्रमावकारिताको शुभकामना व्यक्त गरेका थिए । उनले आउने समयमा वीरगंज वासिको सुन्दरतालाई अझ सुन्दर बनाउन तालिम प्राप्त व्युटिसियनहरुका भूमिका प्रभावकारी हुने आशा व्यक्त गरेका थिए ।

निल्स व्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरका संयोजक पुलकित कुमारको अध्यक्षतामा सम्पन्न भएको प्रमाण पत्र वितरण कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मि, राजनीतिक सल्लाहकार मुकेश द्विवेदी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com