जिराभावानीमा एक सय ५० परिवारलाई सुधारिएको चुलो वितरण

फाइल फोटो
वीरगंज, २६ असार । पर्सा जिल्लाको जिराभावानी गाउँपालिकामा १ सय ५० गरिब तथा विपन्न वर्गका परिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ ।

गाउँपालिकालाई धुवाँमुक्त बनाउने र गरिब तथा विपन्न वर्गका परिवारलाई सहयोग पुर्याउने उद्देशले सोमबार आयोजित एक कार्यक्रमबीच वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जिराभावानी गाउँपालिकाको वडा नं. ५ का १ सय ५० गरिब तथा विपन्न वर्गको परिवारलाई सुधारिएको चुलो वितरण गरेको हो ।

जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रित महतोको अगुवाईमा चुलो वितरण गरिएको हो । धुवाँ नआउने तथा एक ठाउँबाट अर्को ठाउँसम्म लैजान सजिलो चुलो वितरण गरेर गाउँलाई नै धुवाँमुक्त बनाउन अभियानमा गाउँपालिका लागेको महतोको भनाइ छ ।

उक्त गाउँपालिकामा अन्य वडामा पनि सुधाारिएको चुलो छिटै वितरण गरिने अध्यक्ष महतोले बताए । सुधारिएको चुलोले दाउराको खपत समेत कम गर्न महत्वपूर्ण हुने जनाइएको छ ।

कार्यक्रममा जिराभावानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, गाउँपालिका न्यायिक समितिका सदस्य राधेशरण थारु, स्थानीय अगुवा श्रीजगन गौरोलयातको उपस्थिति रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com