मिर्चैयामा आपूर्तिमन्त्री मातृका यादवको पुतला दहन

सिरहा, २६ असार । पदीय शक्ति दुरुपयोग गरेको भन्दै मिर्चैयाका नागरिक समाजले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवको पुतला दहन गरेको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक खड्का इमान्दार, स्वच्छ छविका भएपनि मन्त्री यादवको आदेश नमान्दा पदीय शक्तिको दुरुपयोग गरी सरुवा गरेको भन्दै फिर्ताको माग गर्दै स्थानीय नागरिक समाजले सोमबार पूर्व–पश्चिम लोकमार्गस्थित मिर्चैया नगरपालिका ६ कटारी चौकमा मन्त्री यादवको पुतला दहन गर्दै प्रदर्शन गरेको छ ।

मिर्चैया नगरपालिका ५ बाट निस्किएको बिरोध र्यालीमा “उद्योग मन्त्री मातृका यादव मुर्दाबाद, स्वच्छ छविका डिएसपी फिर्ता गर, युवा एकता जिन्दावाद, नागरिक समाज एक होऊ” लगायतका नाराबाजी गर्दै थाना चौक हुँदै कटारी चौकमा पुगी पूर्बपश्चिम लोकमार्ग करीब आधा घण्टा चक्काजाम गरी पुत्ला दहन गरेका छन् ।

मन्त्री यादवको आदेश नमान्दा निजी स्वार्थका लागि पावर युज गरी डिएसपी खडकालाई सुरुवा गरेको नागरिक समाजको आरोप छ । कोणसभामा बोलेका वक्ताहरुले डिएसपीको सरुवा फिर्ता नगरे थप आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com