प्रदेशसभा सदस्य रानी शर्माद्वारा महोत्तरीका ६ विद्यालय तथा एक मदरसामा पंखा जडान

जलेश्वर, २६ असार । राष्ट्रिय जनता पार्टी नेपालकी वरिष्ठ उपाध्यक्ष तथा प्रदेश २ की प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले महोत्तरीका ६ सामुदायिक विद्यालय तथा एक मदरसामा पंखा जडान गराएकी छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत महोत्तरी निर्वाचन क्षेत्र नं. ३ (ख) का विभिन्न ६ वटा विद्यालय र एउटा मदरसामा पंखा जडान गराएकी हुन् ।

गर्मीयाममा विद्यार्थीहरुलाई पठन–पाठन गर्न कठिन भइरहेकोले विद्यालयहरुमा पंखा वितरण गरिएको उनले बताइन् । यस्तै, महोत्तरी क्षेत्र ३ (ख)का अन्य विद्यालयहरुमा पनि पंखा वितरण गरिने उनले जानकारी दिइन् ।

सुगा भवानीपट्टी, थरुवाही, सहसराम, मलिबाडा, बखरी, हलखोली र थरुवाहीको मदरसामा पंखा जडान गराएकी हुन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com