विपद्बाट उद्धारका लागि दुई वटा डुंगा प्रदान

नवलपरासी, २६ असार । बाढीपहिरो जस्ता प्राकृतिक विपद्हरुबाट उद्धार कार्यका लागि सशस्त्र प्रहरी बललाई दुई वटा डुंगा प्रदान गरिएको छ । प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरी बललाई सहयोग स्वरूप दुई वटा डुंगा उपलब्ध गराएको हो ।

प्रदेश नं ५ मा बाढीबाट सबैभन्दा बढी सुस्ताका बासिन्दा जोखिममा परेको खबर आएपछि सुरक्षाकर्मीलाई उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे र सशस्त्र प्रहरी बल विओपी सुस्ताका प्रमुख छविलाल कुँवरलाई संयुक्त रुपमा सो डुंगा हस्तान्तरण गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com