वैदेशिक रोजगारमा जाँदा सबै कुराको जानकारी र सीप अत्यावश्यक : उपप्रमुख सरदार

चन्दनकुमार यादव, राजविराज, २६ असार । शम्भुनाथ नगरपालिकाकी उपप्रमुख कविता सरदारले वैदेशिक रोजगारमा युवाहरू जाँदा सूचनाको कमीका कारण ठगिँदै आएको बताएकी छन् ।

उनले भनिन्, ‘युवाहरू सबै कुराको जानकारी लिएर नजाँदा र सीप सिकेर नगएमा केही महिनामै फर्कने गरेकोले सूचनाको पहुँच हुनु अत्यावश्यक छ ।’

मंगलबार सबल नेपालद्वारा आयोजित सुरिक्षत वैदेशिक रोजगार सम्बन्धी शम्भुनाथ नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरूसँगको अन्तक्र्रिया कार्यक्रममा सो कुरा बताएकी हुन् ।

सो कार्यक्रममा शम्भुनाथ नपा वडा नम्वर ७ का अध्यक्ष गोपाल चौधरीले वैदेशिक रोजगारमा हुने ठगीलाई स्थानीय तहबाट ठगी नियन्त्रणका लागि पहल गर्ने बताए ।

शुक्रबार सामीरहेल्भेटास नेपालको सहयोगमा आयोजित अन्तक्र्रियामा जिल्ला परियोजना संयोजक देव नारायण चौधरीले वैदेशिक रोजगारीको वर्तमान अवस्था तथा विदेश जाँदा अपनाउनु पर्ने सावधानी बारेमा सबै कुरा बुझेर नजाँदा र भने अनुसार काम नपाउँदा ठगिने गरेको बताइएको छ ।
सो अन्तक्र्रियामा सवल नेपालका कार्यक्रम संयोजक अशोक साहले स्थानीय स्तरबाट विदेश जाने युवाहरूलाई सही सूचना तथा सीपसँगै सबै कुराको जानकारी लिएर गएमा वैदेशिक रोजगार सफल हुने बताए ।

विदेश जाँदा वैदेशिक रोजगार बारेमा सम्बन्धित ठाँउमा सबै कुरा बुझेर नजाँदा र सम्बन्धी कामको सीप सिकेर नजाँदा कामदारहरू त्यहाँ पुगेर समस्यामा पर्ने गरेको बताए ।

शंभुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरूङ्ग, वडा नम्बर १ का वडा अध्यक्ष इनरदेव साह, वडा ८ लक्ष्मीकान्त चौधरी, वडा नम्बर ११ का अध्यक्ष शंभु चौधरी, पत्रकार ओमप्रकाश साह लगायत ५० जनाको सहभागिता रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com