पोषणसम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न

राकेश यादव, रौतहट, २७ असार । राजदेवी नगरपालिका कार्यालय रौतहटको आयोजनामा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत पोषण तथा खाद्य सुरक्षा सम्बन्धी नगरस्तरीय अभिमुखीकरण गोष्ठी मंगलबार सम्पन्न भएको छ ।

नगरपालिकामा स्वस्थ बच्चा ,बलियो हुनु पर्ने आमाको स्वस्थ राम्रो हुनु पर्ने उदेश्यले संचालित कार्यक्रममा जिल्ला संयोजक मुकेश झाले वड़ा स्तरवाट नै कुपोषणको अन्त्य गर्नु पर्ने निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

कुपोषणले जनसँख्यामा नकारात्मक असर पर्ने तथा बल मृत्युदर बढन सक्ने सम्भाबना रहेको हुँदा पोषिलो खाना खानु पर्ने बताए । पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिले वडा, नगरमा यसको अवस्था पहिचान गरी कुपोषणको शिकार हुनबाट बच्चालाइ जोगाउन सकिने झाको तर्क रहेको थियो ।

कार्यक्रममा उप–प्रमुख अंशु सिंह, निर्वाचित वडा अध्यक्षहरु, विषयगत कार्यालयका प्रतिनिधि संचारकर्मीहरुको सहभागिता रहेको फोकल पर्सन रिंकू जयसवालले जानकारी दिएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com