नगरसभाबाट राइस मिलको जग्गा बचाउन १ करोड ७० लाख

राकेश यादव, रौतहट, २७ असार । ४६ करोडको बजेट प्रस्तुत गर्दै गौर नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ । पहिलो बैठकमा प्रस्तुत गरिएको नीति कार्यक्रममा छलफल गर्दै दोस्रो बैठक शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।

नगरको विकासका लागि करीब ४६ करोड विभिन्न शीर्षकको योजनामा बजेट विनियोजन गर्दै नगरसभा सम्पन्न भएको गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले जानकारी गराएका छन् ।

नगरपालिकाको मुटुको रुपमा रहेको गौर राइस मिलको जग्गा अधिग्रहणको निमित्त मुआब्जा दिनलाई तत्काल १ करोड़ ७० लाख रुपैयाँ छुट्याइएको प्रमुख गुप्ताले बताएका छन् ।

विगत ११ वर्षदेखि चर्चामा रहेको मिलको जग्गाको मुआब्जा तिर्नलाई नगरपालिकाले रकम विनियोजन गरेपछि जग्गा अधिग्रहणको प्रक्रिया कÞानूनी रुपमा अघि बढ्ने भएको छ ।

भू–माफियाको गिद्धेनजर भएको सो जग्गा जोगाउनलाई नगर प्रमुख गुप्ताले संघीय सरकार र प्रदेश सरकार १५ करोड रकम दिन पहल समेत गरेका छन् ।

नगरप्रमुख गुप्ताको सक्रियतामा ९ वटा वार्डका वडा अध्यक्षहरुको सहमतिमा सो रकम मिलको जग्गा अधिग्रहण गर्नलाई छुट्याइएको छ । नगरपालिकाले रकम निकासा गरेपछि प्रदेश सरकारलाई रकम विनियोजन गर्न बाध्यता बनाएको छ ।

प्रदेश सरकारले नगरसभाअघि नै रकम दिने सकारात्मक सन्देश दिएकोले अब त्यसका लागि प्रदेश २ को सरकारलाई कदम चाल्नु पर्ने बाध्यकारी अवस्थाको सृजना गरेको स्थानीयहरुको भनाइ रहेको छ । नगर सभाबाट नगरपालिका क्षेत्रमा अपराध नियन्त्रण गर्नका लागि सीसी कैमरा जडानको निमित्त ३० लाख रुपैयाँ निकालिएको छ ।

हरियो नगरपालिका, नमूना नगरपालिकाको रुपमा गौरलाई चिनाउने मेयर गुप्ताको चुनावी उद्घोष मूर्तरूप लिने निश्चित भएको स्थानीय युवा नविन कुमार सिंहले बताएका छन् ।

भ्रस्टाचारको विरोधमा संघर्षरत रहेका युवा नविन सिंहले मेयर गुप्ता विकासप्रेमी नेताको रुपमा परिचित रहेपनि जनताको जनभावना अनुरूप काम गर्ने सोचले अघि बढिरहेको उल्लेख गरेका छन् ।

उनले विकासको कार्यमा हुने अनियमितता र नगरसभाले पारित गरेको योजनाहरुको निष्पक्ष रुपमा गुणस्तरीय कार्य गराउन मेयर गुप्तालाई सुझाव समेत दिएका छन् । युवाहरुको चाहना, इच्छा आकांक्षा रहेको राइस मिलको जग्गाको सार्वजनिक गर्ने अभियानमा जुटेका मेयर गुप्तालाई सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।

युवा नेतासमेत रहेका सिंहले भने मेयर गुप्ताले भ्रस्टाचारको विरुद्धमा काम गर्नुपर्छ यसका लागि युवाहरु उनलाई सकेसम्म सहयोग गर्नेछन् ।

नगरसभाबाट कृषि, सिंचाइ, पूर्वाधार, सामाजिक विकास, पर्यटनस्थलको विकास, शिक्षा, स्वास्थ्य, खेलकूदको विकासमा बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले बताएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com