शैक्षिक शुल्क वृद्धि फिर्ताको माग गर्दै राष्ट्रिय विद्यार्थी संघले ज्ञापनपत्र बुझायो

वीरगन्ज, २७ असार । राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघ पर्साले शैक्षिक माफियाहरुले विद्यालयहरुमा मनोमानी ढंगले शुल्क वृद्धि गरेको भन्दै अविलम्ब मूल्यवृद्धि फिर्ताको माग गरेको छ ।

राष्ट्रिय विद्यार्थी संघका पर्सा जिल्ला अध्यक्ष मधुसुधन चौरसियाको नेतृत्वमा विद्यार्थीको टोलीले पर्सा जिल्लाका सिडिओलाई ज्ञापन पत्र पुझाइएको राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय महासचिव रंजित निस्पक्षले जानकारी दिएका छन् ।

देशको कुल शिक्षा क्षेत्रको ८० प्रतिशत भार बोकेको सर्वजनिक शिक्षा धरासाही र दिनानुदिन कमजोर बन्दै गएको ठहर राजपा विद्यार्थी संघको छ ।

पर्सा जिल्लाका निजि स्कुलहरुमा शैक्षिक माफियाहरुले मनोमानी तरिकाले मधेशी गरिब निमुखा जनताहरुको ढाँड सेक्ने गरि गरिएको शुल्क वृद्धि अबिलम्ब फिर्ता गर्न जोडदार माग गरेको महासचिव निस्पक्षले जनाएका हुन् ।

नेपालको संस्थागत बिद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ लाई कार्यान्वयन गर्दै अनियमित र औचित्य पुस्टि नहुने गरि बढाइएको शुल्क अबिलम्ब फिर्ता गर्न र नेपालको संविधानमा व्यवस्था भएबमोजिम आधारभूत शिक्षा निःशुल्क गर्न कानुन निर्माणको जिल्लामा तत्काल थालनी गर्न र संस्थागत बिद्यालयले दिनु पर्ने १० प्रतिशत छात्रवृत्तिलाइ पारदर्शी बनाइ कडाइपूर्वक कार्यान्वयनमा लैजान र विद्यालयमा पाठयपुस्तक पुगे नपुगेको तथा शुल्क मापदण्ड निर्देशिका पालना भए नभएको सन्दर्भमा प्रभावकारी रुपमा सरोकारवाला निकाय र विद्यार्थी संगठनका प्रतिनिधिहरुलाई राखी अनुगमन समिति बनाएर अनुगमन गर्न विद्यार्थी संघका पर्सा जिल्ला अध्यक्ष मधुसुधन चौरसियाले जोडदार माग गरेका छन् ।

शिक्षामा आमूल परिवर्तन, सामाजिक न्याय र जनजीविकाको सवालमा राजपा विद्यार्थी संघले निजि शैक्षिक संस्थामा भएको शुल्क वृद्धि तत्काल फिर्ता, यथाशीघ्र फिर्ता नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको महासचिव निस्पक्षले मधेशवाणीलाई जानकारी दिएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com