बाल विवाह एवम् दाइजो विरुद्धका योद्धाहरुलाई सम्मानका लागि नोमिनेशन आव्हान

काठमाडौं, २७ असार । बाल विवाह एवम् दाइजो विरुद्धका योद्धाहरुलाई सम्मान २०७५ का लागि नोमिनेशन (मनशायपत्र) आव्हान खुल्ला गरिएको छ । बाल विवाह वा दाइजो विरुद्ध उललेख्य कार्य गर्ने व्यक्ति वा संस्था आफूले अथवा अन्य कुनै व्यक्ति वा संस्थाले यो नोमिनेशन फारम अनलाइन भरेर श्रावण ३०, २०७५ सम्म पेश गर्न सक्ने कुरा बुधबार एक विज्ञप्ति जारी गरिएको छ ।

बाल विवाह एवम् दाइजो अन्त्य गर्ने अभियानमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्ति एव्म संस्थालाई बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालले सन् २००७ देखि प्रत्येक वर्ष सम्मान गर्दै आएको छ । यसै क्रममा श्रावण २०७४ देखि अषाढ २०७५ सम्मका बाल विवाह एवम् दाइजो विरुद्धका योद्धाहरुको सम्मानको लागि नोमिनेशन आव्हान यस सूचनामार्फत गरिएको छ ।

यस सम्मानका लागि नेपालको सात वटै प्रदेश तथा ७७ जिल्लाहरुबाट बाल विवाह एवम् दाइजो विरुद्ध उल्लेखनीय तथा अनुकरणीय कार्य गरेका व्यक्ति एवम् संस्थाहरुको नोमिनेशन (मनशायपत्र) इच्छुक व्यक्ति वा संस्था आफूले अथवा अरु कसैले उनको नोमिनेशन लिंकमा दिइएको अनलाइन नोमिनेशन फारम भरेर पेश गर्न सक्नेछन् ।

सम्मान गरिने विधाहरु :
१) बाल विवाह एवम् दाइजो विरुद्धका नमुनापत्र
२) नमुनापत्रलाई सहयोग गर्ने र उत्प्रेरणा दिने सहयोगीपात्र
३) रणनैतिक कार्य गर्ने व्यक्ति वा संस्था

नोमिनेशन फारम भरेर अषाढ २७ देखि श्रावण ३०, २०७५ सम्ममा गरी पेश सक्नेछन् । यो नोमिनेशन अनलाइनमार्फत् भर्न सकिनेछन् । साथै अनलाइन भर्न नसकने व्यक्ति वा संस्थाले cmdenc@gmali.com मा इमेल गरेर वा यस अभियानको आधिकारीक फेसबुक पेज (www.facebook.com/cmdenc) बाट डाउनलोड गरेर नोमिनेशन फारम भरेर ईमेल गर्न सक्नेछन् ।

यसरी पेश भई आएका नोमिनेशनहरुको समीक्षा तथा रुजु गरेर सम्मान प्राविधिक व्यवस्थापन समितिले अन्तिम निर्णय गर्नेछ जसको सर्वाधिकार राष्ट्रिय अभियानमा सुरक्षित रहनेछ र उक्त सम्मान भदौ २०७५ मा काठमाडौमा एक भव्य समारोह मार्फत प्रदान गरिने बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालका राष्ट्रिय संचालन समितिका संयोजक राजकुमार महतोले मधेशवाणीलाई जनाएका छन् ।

नोमिनेशन फारम भर्न युनिकोडमा टाइप गरेर फारमको खालि स्थानमा नेपालीमा अथवा अग्रेंजीमा सिधै टाइप गर्न सकिनेछ । सम्मानका लागि तय गरिएका तीन वटा विधाहरुमध्ये कुनै एक वटा, दुई वटा अथवा तीन वटै विधामा फरक फरक व्यक्ति वा संस्थाको नोमिनेशन पेश गर्न सकिनेछन् ।

नेपालमा विद्यमान बाल विवाह एवम् दाइजो जस्ता कुप्रथाको अन्त्यका लागि विभिन्न पेशामा आबद्ध व्यक्तिहरुले स्वंयसेवा र सामाजिक परोपकारका सिद्धान्तमा आधारित भएर सन् २००५ देखि “बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपाल” संचालन गर्दै आएको छ ।

नोमिनेशन फारम अनलाइन लिंक

https://www.enayapa.com/cmdenc/

थप संचारको लागि ठेगानाः
बालविवाहएवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालको सचिवालय,
मिलनचौक, नयां बानेश्वर, काठमाडौं, नेपाल
फोनः ०१ - ४४९३३६०
ईमेलःcmdenc@gmail.com


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com