पर्यटकलाई निम्तो बाँड्न टोली भारतमा

काठमाडौं, २८ असार । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भारतीय पर्यटकलाई निम्तो बाँड्न नेपालको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली भारततर्फ प्रस्थान गरेको छ ।

पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा सो टोली भारतर्फ प्रस्थान गरेको हो । विशेषगरी भारतका पटना, बनारस, लखनउलगायतका विभिन्न क्षेत्रमा अहिले अत्यधिक गर्मी हुने भएकाले यो समय पोखरा घुम्नका लागि पर्यटकलाई उपयुक्त छ भन्ने सन्देश दिने उद्देश्यसहित टोली भारतर्फ प्रस्थान गरेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकाल तुलाचनले जानकारी दिए ।

पोखरा आउने भारतीय पर्यटक हिमाली दृष्यावलोकनमा लोभिने गरेको उल्लेख गर्दै नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालयका प्रमुख सूर्य थपलियाले पोखरा हुँदै धेरै भारतीय पर्यटक प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ पुग्ने गरेको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न मुक्तिनाथ दर्शन भ्रमणसँगै यस क्षेत्रमा भारतीय पर्यटकको चाप बढेको पर्यटन व्यवसायी बताउँछन् । पाँचदिने सो भ्रमण कार्यक्रमका क्रममा टोलीले लखनउ, पटना, वनारसलगायतका ठाउँमा पुगी त्यहाँका पर्यटन व्यवसायीसँग अन्तक्र्रिया गर्नेछ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com