बुद्ध फाउन्डेशनमा पाँच सयभन्दा बढी विद्यार्थीले दिए इन्ट्रान्स परीक्षा

नेहाल खान, वीरगंज, २८ असार । बुद्ध फाउन्डेसन कलेजमा कक्षा ११ का लागि पाँच सयभन्दा बढी छात्रछात्राहरुले इन्ट्रान्सका परीक्षा दिएका छन् ।

बुद्ध फाउन्डेसन कलेजले विज्ञान र व्यवस्थापनको पढाईमा नयाँ आयामको साथै पठन–पाठन गराउने गरेका छन् । वीरगंजको पावर हाउस नज्ीि रहेको बुद्ध फाउन्डेसनले भूकम्प रोधक भवन निर्माण गर्नुको साथै प्रत्येक कक्षा कोठामा आधुनिक ल्याबको व्यवस्था समेत भएको बुद्ध फाउन्डेसनका निर्देशक डा.हरिशंकर साहले बताएका छन् ।

बुद्ध फाउन्डेसन कलेजमा नयाँ भवनको प्रथम ईन्ट्रान्स परीक्षामा प्याब्सन पर्साका आबद्ध सम्पूर्ण शिक्षकहरुको सहभागिता देखिएको थियो ।

कार्यक्रममा फाउन्डेसनका निर्देशक साह, प्याब्सन पर्साका कोषाध्यक्ष सरोज चौधरी, सचिव छेदुप लामा, पुरन प्रधान, लालबहादुर गूरुङ्ग, नेपाल टेलिभिजनका नेहाल खान लगायतका विभिन्न व्यवक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बुद्ध फाउन्डेसनका अंकित भेष्ट लगाई आमन्त्रित सबैलाई डा.हरिशंकर साहले सम्मान गरेका थिए ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com