मेयर गुप्ताले ताल्चा तोडेर खोप दिन लगाए

राकेश यादव, रौतहट, २८ असार । जिल्ला अस्पताल गौरको कर्मचारीको मनोपोली चरम सीमामा पुगेको छ । सरसफाई र स्तरीय सेवा प्रवाहमा न्यून अवस्थामा खस्किँदै गरेको जिल्ला अस्पताल गौरको कर्मचारी बाल बालिकाको जीवनसँग खेलवाड गर्ने कार्य गरिरहेको देखिएको छ ।

मंगलबार खोपको विषयमा स्थानीयसँग विवाद भएको विषय लिएर खोप कर्मचारी उमेश चौधरी र अरविन्द झा फाँटमा ताल्चा लगाएर गायब भएपछि खोप लिन गएका सयौं बालबालिका अलपत्र अवस्थामा परेका थिए ।

बच्चाको अनिवार्य खोप दिनु पर्ने विषयमा कर्मचारीले गरेको लापरवाही सहन गर्न लायक नभएको स्थानीयहरुले बताएका छन् । खोप कर्मचारी ताल्चा बंद गरेर फरार भएको सूचना प्राप्त भए लगतै जिल्ला अस्पताल पुगेका नगर प्रमुख अजय कुमार गुप्ताले ताल्चा फुटाएर अर्को स्वास्थ्यकर्मीसँग खोप दिन लगाएका थिए ।

अस्पतालमा जादा सयौं महिलाहरु आफनो बच्चा लिएर बसेका देखेपछि ताल्चा तोडन लगाएको मेयर गुप्ताले बताएका छन् । स्वास्थ्यमा कुनै त्रुटी सहन नसकिने मेयर गुप्ताले चेतावनी समेत दिएका छन् । समयमा अस्पताल पुगेर खोप दिलाउने काम गरेकोमा स्थानिय महिलाहरुले मेयर गुप्तालाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com