गौर राइस मिलको जग्गामोही भारतीय नागरिक

राकेश यादव, रौतहट, २८ असार । गौर राइस मिलको नाउमा दर्ता रहेको ५ विगहा १९ कठा १५ धुर जग्गा मध्ये १६ कठा जग्गाको मोही भारतीय नागरिक रहेको खुलासा भएको छ । भारतको बैरगनिया निवासी टोडर मल शर्माको छोरा कृष्ण शर्माले जन्मको अधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको र शर्माको नाम भारतको मतदाता नामावलीमा उल्लेख रहेकोले भारतीय नागरिक भएको पुष्टि भएको छ ।

२०६४ सालमा पर्सा जिल्लाको वीरगंज वडा नं.४ वाट नागरिकता लिएको शर्माको जन्म मिति २०१५ साल मंसिर १६ गते रहेको देखिएको छ । २००३ सालमा स्थापना भएको राईस मिलको जग्गाको मोही हुने बखत शर्माको उमेर ७ वर्ष मात्र रहेको नागरिकता प्रमाण पत्रले पुष्टि गरिराखेको छ ।

मिलको जग्गा २०२१ सालमा सर्वे भएको थियो । दोहोरो नागरिकता लिएका शर्मा कसरी मोही भयो भने अनुसन्धानको विषय भएको छ । २०६४ सालमा नागरिकता लिने शर्मा त्यो भन्दा पहिला नेपाली नागरिक नै नरहेको अवस्थामा फिल्डबुकमा नाम समावेश कसरी भएको कानुनी प्रश्न खडा भएको छ । अब शर्माको नागरिकता छानविन गर्नु पर्ने माग गौरवासीले उठाएका छन् ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com