हिन्दू युवा परिषद् वीरगंज नगर कमिटी गठन

वीरगंज, २८ असार । हिन्दू युवाहरुको भेलाले हिन्दू युवा परिषद् वीरगंज महानगर कमिटी १५ सदस्यीय गठन गरेको छ । युवा परिषद पर्सा जिल्लाका अध्यक्ष अखलेश साहको सभापतित्वमा सम्पन गठन कार्यक्रममा हिन्दू परिषद् नेपालको केन्द्रीय अध्यक्ष संतोष पटेलको प्रमुख आतिथ्यमा सम्पन भएको थियो ।

प्रमुख अतिथि पटेलले हिन्दूत्व रक्षाका लागि परिषद् संकल्पित रहेको र संगठित हिन्दू समृद्ध नेपाल महाअभियानमा सहभागी हुन सम्पूर्ण नेपालीहरुलाई आग्रह गरे ।

संगठन विस्तार एवं धार्मिक कार्यमा अग्रसर हुन परिषद्का सम्पूर्ण अगुवा नेता एवं कार्यकर्ता लाई निर्देशन समेत गरेका थिए ।

गठन कार्यक्रममा परिषद्का केन्द्रीय सचिव सुरेश साह कानू, प्रवक्ता श्रीराम उपाध्याय, कोषाध्यक्ष संजय सर्राफ, प्रदेश २ को अध्यक्ष सचितानंद दुबे, वरिष्ठ उपाध्यक्ष भरत सर्राफले शुभकामना दिएका थिए ।

हिन्दू युवा परिषद् वीरगंजको अध्यक्षमा रंजीत कुमार, सचिव सौरव कर्ण, कोषाध्यक्ष पिन्टु साह, सदस्यहरुमा राहुल दास, प्रकाश झा, रामभजन कुमार, अर्जुन मण्डल, बिकी शर्मा, बिकी बैठा, बिबेक कुमार, कुन्दन कुमार, बजरंग श्रीवास्तव, मनीष सर्राफ, दीपू साह, रेस्मा कुमारी रहेका छन् ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com