कपिलवस्तुको विकासको माग गर्दै नेताहरु शहरीमन्त्री गुहार्न काठमाडौं पुगे

इमरान खान, कपिलवस्तु, २८ असार । कपिलवस्तुका नेताहरुले कृष्णनगर नगरपालिका र कपिलवस्तुको विकासको माग गर्दै शहरी विकासमन्त्री गुहार्न काठमाडौं पुगेका छन् ।

कृष्णनगर नगरपालिकाका इन्डो–नेपाल सामाजिक मञ्चका अध्यक्ष एवं संघीय समाजवादी फोरम नेपालका युवा नेता अकरम अब्दुल रहेमान खान उर्फ अकरम पठानले शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईलाई भेटी जिल्लाको विकासबारे अवगत गराएका छन् ।

पठानले कपिलवस्तुको विकास कछुवाको चाल जस्तो रहेकाले जिल्लाको विकासका लागि सहयोग गर्न आग्रह गरेका छन् । राई यसअघि श्रम मन्त्री बनेका थिए ।

मन्त्री राईले श्रम मन्त्री हुँदा देशका लागि निक्कै महत्वपूर्ण काम गरेका थिए । मन्त्री राईले कपिलवस्तुको विकासका लागि सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको नेता पठानले जानकारी दिए ।

मन्त्री राईले कपिलवस्तुको विकासलाई पहिलो प्राथमिकतामा राख्ने र छिटै कपिलवस्तु आएर बिकासको समस्या समाधान गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com