बस पल्टिँदा एकको मृत्यु, २० घाइते

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २८ असार । सुनवल नगरपालिका–१२ नबिन टोलस्थित सडकमा ना.६ ख ९४३८ नम्बरको बस बिहीबार अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा गम्भीर घाइते भएका गुल्मी मालिका गाउँपालिका बस्ने ३७ वर्षीय गणेश लम्सालको पृथ्बी चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा अन्य २० जना घाइते भएकोले उपचारको लागि ११ जना जेनस अस्पताल बुटवल र ९ जनालाई भैरहवा मेडिकल कलेज बुटवल लगिएकोमा ८ जना सामान्य उपचार पश्चात घर फिर्ता भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com