रेलमार्ग निर्माणमा भारतको प्राविधिक सहयोग लिइने

काठमाडौं, २८ असार । भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच भएको छलफलले प्राविधिक सहयोगको व्यवस्था गर्न दुवै देशका सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको छ ।

दुई दिनसम्म काठमाडौंमा भएको दुई देशका अधिकारीहरुबीचको छलफलमा जनकपुर–जयनगर ३५ किमी ब्रोडगेज रेलमार्ग यसै वर्ष कात्तिकमा पूरा हुने भएकाले प्राविधिक जाँच गरी पुसदेखि नै रेल सञ्चालन गर्ने विषयमा वार्ता भएको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले राससलाई जानकारी दिए ।

विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगन्ज र भैरहवासम्म सामान ढुवानी गर्ने रेल ल्याउने विषयमा छलफल भएको थियो । नेपालसँग ब्रोडगेजमा रेल चलाएको अनुभव नभएकाले एक वर्ष भारतीय कम्पनीको रेल लिजमा चलाई नेपालीलाई प्राविधिक ज्ञान हुने गरी तालीम दिने विषयमा पनि छलफल भएको थियो ।

विभागसँग रेल खरीदका लागि रु ५० करोड बजेट भए पनि प्रक्रिया पु¥याएर खरीद गर्दा एक वर्ष समय लाग्छ । त्यतिन्जेल लिजमा लिएर ३५ किमीमा रेल चलाउने विभागले जनाएको छ । यसका लागि छलफलका निष्कर्ष सरकारलाई दिई प्रक्रिया अघि बढ्ने छ ।

भारत सरकारको सहयोगमा कार्यान्वयन भइरहेको जनकपुर–जयनगर र जोगवनी–विराटनगर रेल आयोजनामा आइपरेका समस्याका बारेमा पनि बैठकमा छलफल भएकाले समाधानका लागि सहयोग पुग्ने विभागको भनाइ छ ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com