संयुक्त सीमा सुरक्षा बैठकको तयारी

काठमाडौं, २८ असार । बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच, श्रावस्ती र बलरामपुरका सीमावर्ती क्षेत्रका अधिकारीको संयुक्त सीमा सुरक्षा बैठकको तयारी प्रक्रिया अघि बढाइको छ । दुबै मुलुकका सीमा क्षेत्रका अधिकारीको बैठक असारको अन्त्यसम्ममा बस्ने गरी तयारी अघि बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले बैठकका लागि भारतको बहराइच जिल्ला अधिकारीको कार्यालयमा पत्राचार गरिसकेको छ । भारतीय पक्षबाट बैठक बस्ने मितिसहितको पत्र प्राप्त भएपछि बैठक बस्ने प्रजिअ केसीले बताए ।

बैठकमा मुख्यतया लागुऔषध, मानव बेचबिखन, अवैध हातहतियारको ओसारपसार, सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण, बाढी तथा डुबान हुन नदिन भारतीय पक्षले वर्षातमा बाँधको ढोका खोल्नुपर्ने, सीमा स्तम्भ लगायतका विषयमा छलफल हुनेछ ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com