अलकत्रा उद्योगमा लागेको तालाबन्दी खुल्यो

झापा, २८ असार । कन्काइ १ मा सन्चालित अलकत्रा उद्योगमा लागेको तालाबन्दी खुलेको छ । युवा सघ झापाले गुणस्तरहीन निर्माण सामाग्री उत्पादन गरेको भन्दै कन्काइ नगरपालिकामा १ मा सन्चालनमा रहेको शिव निर्माण सेवामा गत असार २२ गते तालाबन्दी गरेको थियो ।

झापाका विभिन्न सडक निर्माणमा कालोपत्रे गर्ने क्रममा अलकत्रा गुणस्तरहीन भएका कारण सडक उक्किन थालेपछि युवा संघ भापाले उद्योगमा तालाबन्दी गरेको थियो ।

उद्योगमा लगाएको ताला जिल्ला प्रशासन झापा र जिल्ला समन्वय समिती झापाको रोहवरमा भएको बार्तापछि गरिएको सहमति बमोजिम लगाएको ताला खोलिएको युवा सघ नेपालका केन्द्रिय सदस्य पर्वतराज भण्डारीले बताएका छन् । केन्द्रीय सदस्य भण्डारीको नेतृत्वमा गएको युवा संघ नेपालको टोलीले ताला खुलाइएको जनाएको छ ।

तालाबन्दी खोलेपछि युवा सघ झापाले एक विज्ञप्तिी प्रकाशित गरि अनुगमन गरि झापाका लक्ष्मीपुर सडक ,जयपुर सडक,धरमपुर सडक र कन्काइ सडक गरि ४स्थानमा गरिएको कालोपत्रेको नमुना ,परिक्षणका लागि सडक डिभिजन कार्यलय इटहरी र काठमाडौ पठाएको झापा अध्यक्ष शम्भु भण्डारी द्दारा जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, युवा सघ नेपालले राज्यको प्रसासनिक लगायत स्थानिय सरकारलाइलाई समेत आवश्यक नियमन गर्नका लागि खवरदारी गनेछौं । बिज्ञप्तीमा भनिएको छ, घटनाको सत्य तत्य छानविन गरि गलत पाइए कडा भन्दा कडा कानुनी कारर्वाही निम्ती सम्वन्धित निकायलाई माग गर्दै सघले उद्योगमा गरेको तालाबन्दी खोलिएको आम जनसमुदायमा जानकारी गराउँछौ ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com