प्रदेश १ को नाम सगरमाथा र राजधानी विराटनगर !

काठमाडौं, २८ असार । प्रदेश १ को नाम के राख्ने र राजधानी कहाँ बनाउने भन्ने विषयमा सत्तारुढ दल नेकपाकै सांसदको फरक–फरक प्रतिक्रिया आएको छ । विपक्षी दलका सांसदले राजधानीको विषय र नामको विषयमा प्रस्ताव आएपछि मात्रै प्रतिक्रिया दिने बताइ रहँदा सत्तापक्षका सांसद भने खुलेर नाम र राजधानी प्रस्ताव गरेका हुन् ।

नेकपाका सांसदहरुले प्रदेश १ को राजधानी विराटनगरलाई कायम गर्नुपर्छ र प्रदेशको नाम सगरमाथा राख्नुपर्ने लविङ गरिरहेका छन् । ऐतिहासिकता, पूर्वाधार र सामथ्र्यको हिसावले राजधानी विराटनगर र प्रदेशको नाम सगरमाथाभन्दा अर्को उत्तम विकल्प नभएको उनीहरुको धारणा छ । यद्यपी कसैकसैले हावापानी र सबैलाई पायक पर्ने ठाउँ धनकुटालाई राजधानी बनाउनु पर्ने तर्क पनि गर्छ ।

नामको विषयमा पनि सांसदहरूको धारणा फरक–फरक छ । कोही सगरमाथाको पक्षमा छन भने कोही पहिचानका आधारमा नाम राख्नुपर्नेमा जोड दिन्छन् । नेकपाका एक सदस्यले किरात कोसी, किरात सगरमाथा नाम राख्दा उपर्यक्त हुने बताउँछन् । संघीय लिम्बूवान राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेको धारणा भने अझ फरक छ। पहिचानको आधारमा नाम राख्नुपर्ने र राजधानी विजयपुरलाई तोक्नु पर्ने उनी बताउँछिन् ।

केही सांसदहरूले प्रदेश १ को नाम किरात, लिम्बूवान, खम्बूवान, कोसी वा सगरमाथा मध्येबाटै एक हुनुपर्ने सुझाव दिँदै आएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रदेशको नाम सगरमाथा वा कोसी नै उपयुक्त हुने बताएका थिए ।

प्रदेशवासी पनि प्रदेशको नाम र राजधानी कहा बन्छ भन्ने विषयलाई चासोका साथ हेरिरहेका छन् । प्रदेश सरकारले इटहरी, धनकुटालाई राजधानी नै नबनाए पनि केही कार्यालयहरू भने त्यहाँ पनि राख्न सकिने गरी आन्तरिक छलफल थालेका छन् । विराटनगरलाई स्थायी राजधानी तोक्दा इटहरीमा प्रदेशसभा र धनकुटामा प्रदेश प्रमुखको कार्यालय दिनेगरी छलफल भइरहेको छ ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com