सरकारी मस्यौदाप्रति निजामति कर्मचारीको विरोध

काठमाडौं, २८ असार । सामान्य प्रशासन मन्त्रालयबाट अगाडि बढाइएको संघीय निजामति सेवा ऐन विधेयकको मस्यौदाको दफा ११९ मा गरिएको टे«ड युनियनसम्बन्धी व्यवस्थाको चार निजामति संगठनहरुले विरोध गरेका छन् ।

नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी युनियन संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल मधेशी निजामति कर्मचारी मञ्चले संयुक्त विज्ञप्ति निकालेर नेपालका निजामति कर्मचारीहरुलाई सामाजिक सुरक्षाबाट अझ कमजोर पार्ने ल्याएको उक्त प्रस्ताव फिर्ता लिन माग गरेको छ ।

साथै उनीहरुले राज्यको तीन खम्बे अर्थ नीतिको विपरीत हुने गरी निजामति कर्मचारीहरुलाई सहकारीमा सहभागी हुन नपाउने विषय मस्यौदाबाट हटाउन पनि माग गरेका छन् ।

आफूहरुको मागलाई बेवास्ता गरी सरकार अघि बढे सबै प्रकारको विरोका कार्यक्रम ल्याउन बाध्य हुने पनि नेपाल मधेशी निजामती कर्मचारीका अध्यक्ष भुवनेश्वर चौधरीले चेतावनी दिएका छन् ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com