‘जलस्रोतमा धनी भए पनि प्रारम्भिक क्षेत्रमै रहनु दुखद’

जनकपुरधाम, २८ असार । प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुलुक जलस्रोतमा धनी भएर पनि प्रारम्भिक चरणमै रहनु दुखद भएको टिप्पणी गरेका छन् ।

कमला बेसिनको विकास रणनीति तर्जुमा तयार गर्नका लागि सरोकारवालाहरूको कार्यशालामा बोल्दै प्रदेश प्रमुख कायस्थले दशौं वर्षदेखि जलस्रोतको क्षेत्रमा काम गर्दासमेत प्रारम्भिक क्षेत्रमै रहनु दुखद् पक्ष रहेको बताए ।

नेपाल सरकार जल तथा ऊर्जा आयोग द कमन वेल्थ साईन्टिफिक इन्लष्ट्रियल रिसर्च अर्गनाईजेसन अष्ट्रेलियाबीच भएको एकीकृत बेसिन व्यवस्थापनसम्बन्धी सहकार्यअन्तर्गत कमला बेसिनको रणनीति विकासको योजना तर्जुमा जलस्रोत योजना तथा व्यवस्थापनलाई सुधार र सुरक्षित बनाइ बेशिनका प्रभावित मानिसको जीवन र जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यसहित कार्यशाला सुरु भएको हो ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com