तौलिहवा उद्योग वाणिज्य संघमा पुनः कुर्मी

मणि प्रसाद गैेह्रे, कपिलवस्तु, २९ असार । तौलिहवा उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी दिपु निर्वाचित भएका छन् । कुर्मीले ४ सय ८९ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी धिरज कुमार गुप्ताले ४ सय ४८ मत प्राप्त गरे । कुर्मीका प्यानलमा ८ जना कार्यसमिति सदस्य निर्वाचित भएका छन् भने गुप्ताको प्यानलबाट ५ जना कार्य समिति सदस्य निर्वाचित भएका छन् ।

गयादिन कुर्मीले उद्योगी व्यवसायीको हक हितमा निरन्तर काम गर्ने र संघको संस्थागत क्षमता विकास लगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com