आँप महोत्सव गरौं (विचार)

संगीता रेग्मी

प्रधानमन्त्री केपी ओलीले यसै वर्षको बैशाख २१ गते भरतपुरको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा भनेका थिए–विश्वका धेरै देशमा आँपको उत्पादन नभएकाले नेपालको आँप निर्यात गर्न सकिन्छ । प्रधानमन्त्री ओलीले भने,‘अमेरिका, युरोप, रूसलगायतका देशमा आँपको उत्पादन हुँदैन, त्यसैले तिनीहरूलाई नेपालको आँप चखाउनुपर्छ । एकचोटी चाखे पछि पल्किन्छ ।’
हो, प्रधानमन्त्रीको उपरोक्त भनाइ सहि हो । फलहरूको राजा आँपलाई एक पटक चाखे पछि, त्यसको स्वाद लिन जो कोही पनि लालायित हुन्छ । यसलाई प्रचुर मात्रामा उत्पादन गर्न सकियो र विदेश निर्यात गर्न सकियो भने निश्चय पनि विदेशीहरू आँप खान पनि पल्किन्छन् र नेपाल आउनेछन् ।
पहेलो रंगको यो फल हेर्देमा खाउँ खाउँ लागिहाल्छ । यसले शरीरमा तागत दिन्छ, प्यास मेटाउँछ र भोक पनि मेटाउँछ । प्राज्ञ ऐतिहासिक अभिलेख अनुसार भारतको रैथाने यस फलको खेती आज भन्दा २५– ३० लाख बर्ष अघि सर्वप्रथम भारतको उत्तर पूर्व राज्य, बंगलादेश, म्यानमार, नेपाल, पाकिस्तानमा गरिदै आएको पाइन्छ । फलको राजा भनिने आँपको वर्णन हिन्दू धर्मग्रन्थमा पनि यसका गुणबारे उल्लेख छ ।
हाम्रो शरीरका रोग प्रतिरोधक प्रणाली राम्रो हुनु राम्रो स्वस्थ्यको लागि आवश्यक मानिन्छ । आँपमा प्रशस्त मात्रामा पाइने भिटामिन–सी, भिटामिन–ए तथा २५ विभिन्न खाले कयारोटेन्वाइडसले हाम्रो रोग प्रतिरोधक प्रणालीलाई स्वस्थ्य राख्छ ।
नेपालमा आँप
आँपलाई फलको राजा भनेर पनि चिनिन्छ । आँप फलफूलहरू मध्ये सबैले मन पराउने फल हो । नेपालको उष्ण फलफूलहरू मध्ये आँप प्रमुख फल हो । आँपको फलमा भिटामिन ए, भिटामिन सी, प्रोटिन, कार्बोहाइड्रेड र खनिज पदार्थ पाईन्छ ।


आँप नेपालको एउटा महत्वपूर्ण वर्षे फल हो । नेपालको तराई, भित्रि मधेश र पहाडका वेसी, टार आदिमा आँपको खेती गरिन्छ । आँपको खेती गरिने प्रमुख जिल्लाहरूमा मोरङ्ग, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवन हुन् । सप्तरी र सिरहा भने प्रमुख आँप उत्पादन गर्ने जिल्लाहरू हुन । जहाँबाट मुलुकको ३०–४० प्रतिशत आँप उत्पादन हुने गर्दछ ।


म्याङ्गीफेरा (ःबलनषभचब) प्रजातिमा पर्ने यो आँप उष्ण हावापानी भएको स्थानमा तराई देखि पहाड ३००० फुट अर्थात करिब ९०० मिटरसम्म हुर्कने र यसको फल गुलियो÷अमिलो हुन्छ । यसको रूख अत्यन्त उपयोगी, दीर्घजीवी र जात अनुसार मझौलादेखि विशाल हुन्छ ।
नेपालमा आँप खेती परापूर्वकाल देखि गरिदै आएको छ । पहिले पहिले आँपको कोयावाट बेर्ना तयार गरि बिरूवा रोपिन्थ्यो भने कलमी गरेको विरूवा रोप्ने चलन त्यति थिएन । २००४ सालमा कृषि विभागको स्थापना भई त्यसपछिको समयमा बागवानी फार्म÷केन्द्रहरू तराई तथा पहाडमा खुल्दै गएपछि ती फार्म÷केन्द्रवाट विभिन्न फलफूलका उन्नत जातको कलमी विरूवाहरू उत्पादन शुरू भएका हुन ।
आँपको बजार
हाल नेपालमा सिराहा, सप्तरी, सुनसरी, झापा, मोरङ्ग, उदयपुर, धनकुटा, सर्लाही, महोत्तरी, धनुषा, चितवन, बारा, पर्सा, रौतहट, कपिलवस्तु, रूपन्देही, नवलपरासी, बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर र डडेलधुरामा आँप उत्पादन हुन्छ । पहिलेको तुलनामा आँपको उपभोगमा बृद्धि हुन थालेको साथै उत्पादकत्वमा पनि बृद्धि हुन थाले पछि कृषकहरूको आर्थिक स्रोत पनि वृद्धि हँुदै आएको छ । आँप खेती गर्दा आर्थिक उपार्जन त हुन्छ नै साथसाथै दिगो आर्थिक स्रोतलाई पनि यसले बढाबा दिन्छ ।
तराई, भित्री मधेश तथा मध्य पहाडको तल्लो क्षेत्रमा पकेट क्षेत्र विस्तार गरि उत्पादन तथा उत्पादकत्वमा बृद्धि गरि जुस र अचार एवं विभिन्न परिकार बनाई निर्यात गर्न सकेमा कृषकहरूले आर्थिक लाभ प्रसस्त लिन सक्ने सम्भावना धेरै छ ।


यस वर्ष धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका किसान रामदेव यादवले प्रायः यस पटक शुरूदेखि नै राम्रो फूल लागेको हुँदा गत वर्षभन्दा यसवर्ष आँप उत्पादनमा वृद्धि भएको बताउँछन् ।
मधेशमा माल्दह, बम्बे, कलकतिया, कृष्णभोग, दसहरी, केरबा, गुलाबखासजस्ता जातका आँप उत्पादन हुने गरेको छ । मधेशका सबै जिल्लामा ९० प्रतिशत खेती यी आँपको हुने गरेको छ । अघिल्लो वर्ष आँप उत्पादनका लागि मौसम अनुकूल नभएको र आँपमा लाग्ने मधुवा किटाणुका कारणसमेत उत्पादनमा कमी आएको थियो ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा ४६ हजार चार सय ६९ हेक्टरमा आँप खेती हुन्छ । त्यसमध्ये ३८ हजार तीन सय ५२ हेक्टरमा आँपको प्रचुर मात्रामा उत्पादन हुन्छ ।
बजारमा अहिले बार्षिक २७ लाख ७८ हजार चार सय ७८ मेट्रिक टन आँपको खपत भइरहेको छ । नेपालबाट १२ लाख २३ हजार सात सय ६८ किलो आँप भारतलगायतमा मुलुकमा निर्यातसमेत भइरहेको छ ।
सरकारी तथ्याङ्कअनुसार सबैभन्दा बढी सप्तरी र सिराहा जिल्लामा आँप उत्पादन हुन्छ । सप्तरीमा पाँच हजार हेक्टरबाट ३५ हजार मेट्रिक टन र सिराहामा पाँच हजार हेक्टरबाट २० हजार मेट्रिक टन उत्पादन हुन्छ । त्यसपछि महोत्तरी, कपिलवस्तु, धनुषा, सर्लाही र रौतहटलगायत ७० वटा जिल्लामा उत्पादन हुन्छ ।जिल्ला कृषि विकास कार्यालय धनुषाले पनि यसवर्ष मौसम अनुकूल भएकाले आँप उत्पादनमा वृद्धि भएको जनाएको छ । धनुषामा आर्थिक वर्ष २०७३÷७४ मा कूल तीन हजार २३८ हेक्टरमा जग्गामा आँप खेती गरिएकोमा एक दशमलव नौ मेट्रिकटन प्रतिहेक्टरका हिसाबले कूल चार हजार ३७१ मेट्रिकटन आँप उत्पादन भएको थियो भने चालु आर्थिक वर्षमा तीन हजार ३६६ हेक्टर जग्गामा आँपको खेती भएको हो ।
धनुषामा मात्र यसवर्ष १३ मेट्रिकटन प्रति हेक्टरको हिसाबले जिल्लामा ३० हजार ६५८ मेट्रिकटन आँप उत्पादन भएको छ ।
आँपमा नेपाललाई आत्मनिर्भर हुन ६१ लाख ९३ हजार मेट्रिक टन उत्पादन गर्नुपर्ने अवस्था छ । आत्मनिर्भर बनाउन कृषि विकास मन्त्रालयले गत बर्षदेखि पाँच बर्षे कार्यक्रम पनि सुरू गरेको छ तर त्यसको प्रभावकारिता देखिएको छैन ।


आँप उत्पादन हुने उच्च तापक्रम आवश्यक पर्ने हुनाले यसको उत्पादन मुख्यतया मधेशका जिल्लामा हुने गरेको छ । स्थानीय उत्पादित आँपले उचित मूल्य नपाएको गुनासो किसानको छ ।
व्यापारीले बाहिर जिल्लाबाट आँप ल्याएर सस्तो मूल्यमा बिक्री गर्न थालेका कारण स्थानीयले उत्पादन गरेको आँपले उचित मूल्य पाउन नसकेको हो ।
आँपको सांस्कृतिक पक्ष
तराई–मधेशको अर्थतन्त्रको एउटा आधारका साथै सामाजिक–सांस्कृतिक प्रतीक पनि हो, आँप । गाउँघरमा गर्मी याममा मधेशीहरू आँपको बगैंचामा सुस्ताउन रूचाउँछन् । त्यसो गर्दा आँपको रखवाली पनि हुन्छ, शीतल छायाँ पनि मिल्छ । मधेशमा वैशाखदेखि विवाहको मौसम सुरू हुन्छ । यस्तो बेलामा बेहुलीलाई लिएर आम अर्थात आँप र महुवाको रूखको पूजा गरिन्छ जसलाई ‘आमोब्याह’ भनिन्छ । यो परम्परा र विधिले आँपको सांस्कृतिक पक्ष उजागर गर्छ । आँप हाम्रो सभ्यता र संस्कृतिको प्रतीक पनि हो । मिथिलाको वैवाहिक संस्कारमा आम्र (आँप) को वृक्षको पूजा गरिन्छ । पूजाका साथै कलशमा आम्र पल्लव राख्नु अत्यन्त शुभ मानिन्छ । यस्तै, हवन र यज्ञमा आँपको सानो दाउरा प्रयोग गरिन्छ । तुलसीदासले जुन भूतको सिद्धि गर्नु भएको थियो, त्यो आँपकै वृक्ष रहेको बताइन्छ । यस्तै आँपको विषयमा अनेक लोक कथाहरू पनि पाइन्छ  ।
विशेषज्ञहरूका अनुसार आँपको उत्पत्ति मलय प्रायद्वीपमा भएको हो । एक लोककथाअनुसार भगवान हनुमानले रावणकोे बगैंचामा आँपको बोटको बिऊ लिएका थिए । अंग्रेजी शब्द ‘मैंगो’ अर्थात आँप भारतको तमिल शब्द ‘मैन–के’ वा ‘मैन–गे’ बाट बनेको हो । यद्यपी नेपाली, मैथिली, हिन्दी आदि भाषामा आँप शब्द संस्कृतको आम्र शब्दबाट आएको हो । केही विशेषज्ञहरूका अनुसार आँपको उत्पत्ति इन्डो–बर्मा क्षेत्रमा भएको हो । यसकारण यस क्षेत्रको महाकाव्य, धार्मिक कार्य र लोककथाहरूमा आँपको उल्लेख प्रचुरताले गरिएको छ ।
महाभारत र रामायणमा पनि आँपको उल्लेख धेरै पटक गरिएको छ । यसकारण आँपको वृक्ष, फल र पातलाई मिथिलाको मात्र होइन, नेपाली संस्कृतिमा पवित्र स्थान प्राप्त छ । आँपको विषयमा अनेक धार्मिक उपाख्यानहरूको चर्चा पनि धार्मिक ग्रन्थहरूमा पाइन्छ । राधा–कृष्णको प्रणय लीला, शिव–पार्वतीको विवाह आँपकै वृक्ष मुनि भएको किम्बदन्ती छ । भगवान गौतम बुद्धले आँपकै वृक्ष मुनि विश्राम गरेको कथाहरू पाइन्छ । बौद्ध मूर्तिकला र चित्रकलामा पनि आँपको वृक्षको महत्वपूर्ण स्थान रहेको पाइन्छ ।


आँपको यस्तो प्रचुरता भएपनि हामी यसप्रति अझै अनुदार छौं । आँपको महत्वलाई फैलाउन यसको महोत्सव किन नगर्ने भन्ने प्रश्न आउनु अस्वभाविक होइन । मधेशमा अहिले पनि खास आँपकै लागि भनेर तोकिएको बगैंचाहरू छ जसलाई स्थानीय भाषामा आम गाछि भन्निछ । मधेशमा सामान्य र व्यवायायिक तवरका लागि लगाइएको आँपका फूलबारीहरू छन् । यिनको प्रवद्र्धनमा ‘आँप महोत्सव’ भने हुन सकेको छैन । जबकि, किसान र पर्यटनलाई लक्षित गरी यस्तो महोत्सव गर्नु जरूरी छ, जहाँ विभिन्न नाम र विशेषताका आँपहरूको प्रदर्शन मात्र होइन, दर्जनौं प्रकारका परिकार आँपकै फूलबारीमा पस्कन सकिन्छ । यसरी आँपको मौसममा मधेशलाई पर्यटकमय बनाएर अर्थतन्त्र बढाउन सकिन्छ ।

आँपको राजधानीका रूपमा रहेका सिरहा र सप्तरीमै समेत आँपको बहुआयामिक सम्भावना छ । अब स्थानीय र प्रान्तीय सरकारले यसमा ध्यान दिनुपर्छ ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com