सफारीको ठक्करबाट एकको मृत्यु, गठबन्धनद्वारा समवेदना प्रकट

महोत्तरी, १६ साउन । सफारी गाडीको ठक्करबाट स्वतन्त्र मधेश गठबन्धनका नेता जासर यादवका दिदीको मृत्यु भएको छ । पिपरा गाउँपालिका-५ सहोडवा स्थित जनकपुर-जलेश्वर सडक खण्डमा बा११च ८२६३ नम्बरको सफारी गाडीले जासरका दिदी ३५ वर्षीया रेखादेवी यादव र ३२ वर्षीया रिङकी देवीलाई मंगलबार ठक्कर दिँदा घाइते भएकोले उपचारको लागि अञ्चल अस्पताल जनकपुर पठाइएकोमा उपचारको क्रममा रेखादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले फरार चालकको खोजतलास गरिरहेको जनाएको छ । यता, स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले एक विज्ञप्ति जारी मृतकको लागि भावपूर्ण श्रद्धाञ्जलि र परिवारका लागि धैर्यधारण गर्न अपिल गरेका छन् ।
‘असामयिक निधनप्रति स्वतन्त्र मधेश गठबन्धन दुख व्यक्त गर्दै परिवारजनलाई धैर्यधारण गर्न अपिल गर्दछ ।’ प्रवक्ता खानले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com