३२ बिघा जग्गा भएको मन्दिरको जर्जर अवस्था

राकेश यादव, रौतहट, १९ साउन । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवलवामा रहेको रामजानकी मठको अवस्था जर्जर बनेको छ ।

साविक २ नम्बर वडामा रहेको उक्त मठमा गत १० दिन देखि दैनिक रुपमा हुने विधिवत पुजा आर्चना समेत बन्द भएको छ । १९८४ सालमा राम स्वरुप चौधरी समेतले स्थापना गरेको रामजानकी मन्दिरको नाउमा ३२ विगहा जग्गा रहेको छ ।

स्थपना भएको वेलामा ४५ विगहा जग्गा रहेको थियो जुन २०२१ सालमा सर्वे हुदा क्षेत्रफलमा कमि भएको हो । मुडवलवामा चौधरी परिवार भनेर धनि सुखि सम्पन परिवारले चिनिने चौधरी परिवारका पुर्वजले सो मन्दिरको स्थापना गरेको स्थानियहरुले बताएका छन ।

पुर्वजले बनाएको कृति उहाँकै शाखा सन्तानहरुले नष्ट गर्न तर्फ लागि परेको गाउलेको कथन रहेको छ । गाउलेको अनुसार मन्दिर स्थापना भएको वेला १ महिना सम्म कथा प्रवचन ,धार्मिक नाच गान हुने गर्दथ्यो ।

धार्मिक प्रवृतिको स्वाभाव भएका दाताहरुले भक्तिमा बढी विश्वास गर्ने खालका उहाहरु भएको इतिहास रहेको छ । दाताहरुको मृत्यु भएपछिका दोश्रो पुस्तामा आएका धनि मठको नामले प्रसिद मन्दिर २०५८ सम्म नेमधारी चौधरीको छोरा राम श्रेष्ठ चौधरीले मठ संचालन गरेका थिए ।

२०५९ सालमा दाता परिवारका अन्य सदस्यहरुले मठ सार्वजनिक हुनुपर्छ भनि कानुनी रुपमा मन्दिरको व्यवस्थापन गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालयमा रामजानकी मठ मन्दिर व्यवस्थापन समिति राम बशिष्ठ राय यादवको अध्यक्षतामा दर्ता भयो ।

३ वर्षको कार्यकाल रहने गरि गठन गरिएको ७ सदसीय कार्य समितिले मन्दिरको नाउमा रहेको चल अचल श्रीसम्पतिको रेखदेख गर्ने गरि कार्य गर्दै जादा २०६७ सालमा पुर्वजले बनाएको मन्दिर पुरानो भइसकेको भन्दै तत्कालिन अध्यक्ष चन्देश्वर प्रसाद यादवको पालामा सो मन्दिर भत्काइयो र उहाकै अवधीमा नया मन्दिरको निमार्णको कार्य शुभारम्भ भयो । छत ढलान गर्ने अवस्था सम्म उहाकै पालामा निर्माण भएको मन्दिरको काम अध्यक्ष चन्देश्वर यादवको २०७१ सालमा निधन हुदा काम रोकीयो ।

आफनै पुर्वजले स्थापना गरेको मन्दिरको नित्य दिन हुने पुजा आर्चना स्वर्गीय अध्यक्ष चन्देश्वर यादवको नेतृत्व सम्म नियमित रुपमा संचालन भएको सो मन्दिरको अहिेलेको अवस्था दैनिय भएको छ । ४ जनाको पुर्वजको परिवारमा अहिले २ सय भन्दा बढी संख्या भइसकेको अवस्थामा मन्दिरमा पुजा आजा बन्द हुनु पुर्वजको कृति नष्ट हुनु हो ।

आफनै दाइ वाट मठ सार्वजनिक बनाएका रामबशिष्ठ राय यादव र सहयोगी भुमिका निर्वाह गरेका वर्तमान कोषाध्यक्ष सियाराम प्रसाद यादवको कारणले गर्दा मन्दिरको अवस्था विग्रीएको आरोप लागिरहेका छन् ।

२०७४ साल बैशाख १ गतेमा नयाँ मन्दिरको छत ढलान भएपछि निर्माण समितिका अध्यक्ष रहेका रामबशिष्ठ यादवले हाल सम्म हिसाव सार्वजनिक नगरेको तत्कालिन समितिका सचिव राकेश कुमार यादवले बताएका छन् । राजनितिक , समाजिक , आर्थिक , रोजगारी, शिक्षामा अग्र स्थान रहेको उक्त परिवारमा आपसी मेल सदभावको खाचो रहेको बुझिएको छन् ।

एकले गर्न चाहे भने अर्काले वाधा अवरोध गर्ने चलन रहेको कारणले मन्दिर निमार्णको कार्य अलपत्र परेको साथै मन्दिरमा रहेको राम ,सिता , लक्ष्मण , शंकर , पार्वती , गणेश , हनुमानको पुजा बन्द भएको छ । पहिला आफै बस्न चाहने साधु सन्त , पुजारीलाई अहिले तलव दिदा पनि मन्दिरमा आउन कोही चाहदैन ।

चौधरी परिवार मध्येका राजकिशोर प्रसाद यादव नेकपाको नेता हुन भने अर्को रामेश्वर प्रसाद यादव संघिय समाजवादी फोरम नेपालका प्रसिद्ध नेता रहेका छन । राजनितिकमा नाम कमाउन सफल भएका द्धय नेताको आफनै पुर्वजको कृति बचाउन ध्यान गएका छैन ।

रेडक्रसको भवनमा शरणार्थी

३० विगहा जग्गा नाउमा भएको भगवान राम अरुको भवनमा शरणार्थीको रुपमा बास लिएका छन । मतभेदका कारण वर्षौ देखि मन्दिर निमार्ण हुन नसक्दा मन्दिरकै जग्गामा निर्माण भएको नेपाल रेडक्रसको भवनमा भगवानको मुर्ति राखेर पुजा आर्चना भइरहेको छ ।

उपशाखाको भवन नै राम जानकीको सहारा बनेको छ । रौतहटको सरमुज्वा , मुडवलवा , पथराबुधराम , खेसरहिया , जेठरहिया ,अजगैवी र सिर्सियामा जग्गा रहेको रामजानकीको भोग समेतका समस्या भएको छ ।

जग्गाको वार्षिक रुपमा सयौं मन हुने धानवालीको लेखाजोखा अलपत्र अवस्थामा देखिएको छ । मन्दिरमा नियमित पुजा नहुदा गाउलेहरुलाई वात लाग्ने भएकोले सो मन्दिरको जिम्मा स्थानिय सरकारले लिनु पर्ने अवाज समेत उठन थालेका छन ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com