सप्तरीका प्रहरी उपरीक्षक सिंहको बिदाई, ‘प्रहरी जनमुखी भएर काम गर्नुपर्छ’

राजविराज, १९ साउन । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह सरुवा भएर काठमाडौं प्रहरी निर्देशनालय जान लागेका हुन् । उनलाई बिहीबार एक कार्यक्रमकाबीच सम्मान तथा बिदाई गरिएको छ ।

प्रहरी प्रमुख सिंह तथा दंगा नियन्त्रण कार्यालयका प्रमुख साहलाई संजाल र समाजका अध्यक्षद्वय अनिता देवकोटा र सुनिता साहले सम्मान पत्र तथा दोसल्ला ओढाई सम्मान तथा बिदाई गरेका थिए ।

प्रहरी उपरीक्षक सिंह लाई गरिएको सम्मान पत्रमा जिल्लाको शान्ति सुरक्षा कायम राख्नमा कुशलतापुर्वक भूमिका निर्वाह गरेको तथा महिला अधिकारको संरक्षण, महिला हिंसा न्यूनिकरण, पीडित महिलालाई न्याय दिलाउन उल्लेखनिय योगदान गरेको उल्लेख छ ।

सम्मान पछि सिंहले प्रहरी जनमुखी भएर काम गर्नुपर्ने बताए । उनले प्रहरी जनताको साथी भएकाले आफ्नो कर्तव्य र दायित्व निर्वाह गरेर सर्वसाधारण जनताको मन जित्नु पर्नेमा जोड दिए ।

जिल्लामा महिलाहरु अझै विभेदित भएको र यसलाई न्यूनिकरण गर्न प्रहरी प्रशासनको अथक प्रयास जारी रहे पनि समाजका सबै वर्गले अझै पनि यसमा सहयोग गर्नुपर्ने आवश्यकता औल्याए ।

गत साउन २ गते सप्तरीको प्रहरी प्रमुख भएर यस जिल्लामा आएका सिंहले आफ्नो १ बर्षे कार्यकाल जिल्लावासीको सहयोग र सहकार्यमा बिताएको बताए । उनले भने “मैले जे जति गर्न सके त्यसको श्रेय जिल्लावासीलाई नै जान्छ ।”

कार्यक्रममा प्रदेश सभा सदस्य गीता यादव, दंगा नियन्त्रण कार्यालयका प्रमुख गोविन्द साह, पत्रकार विनय कुमार लाल कर्णले सिंहको कार्यकाल सफल रहेकोले उनी सम्मानको हकदार भएको बताउँदै बधाई समेत दिएका थिए ।

सोही कार्यक्रममा दंगा नियन्त्रण कार्यालय सप्तरीका नव आगन्तुक कार्यालय प्रमुख गोविन्द साहलाई स्वागत गरिएको छ ।

महिला मानव अधिकार रक्षक संजाल, अन्तरपार्टी महिला संजाल सचेतना समाजले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरि उनलाई सम्मान तथा विदाई गरेका छन् ।

कार्यक्रम महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष अनिता देवकोटा र अन्तरपार्टी महिला संजाल सचेतना समाजका अध्यक्ष सुनिता साहको अध्यक्षतामा आयोजना गरिएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com