सामाजिक परिचालककले आन्दोलन गर्ने चेतावनी

जनकपुरधाम, १९ साउन । सामाजिक परिचालकले विकल्प नदिई पदविहीन बनाइएको गुनासो गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जनकपुरधाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा पाँच दिनभित्र समस्याको सम्बोधन नभएमा आन्दोलनमा उत्रिने चेतावनी सामाजिक परिचालकले दिएका हुन् ।

असार महिनाको अन्त्यसँगै आफूहरू पदविहीन भएका कारण भविष्य अन्योलमा परेको उनीहरूले बताएका छन् । स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २३६ को उपदफा (२) का अनुसार स्थानीय तहमा सामाजिक परिचालकमा नियुक्त गरिएकोमा २०७४ साल पुस १४ गते राज्यमन्त्रीस्तरीय निर्णयबाट सामाजिक परिचालकलाई अवकाश दिइएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com