युवाहरुलाई एकत्रित भई नेतृत्वदायी भूमिका निर्वाह स्वतन्त्र मधेश गठबन्धनको अपिल

काठमाडौं, २३ साउन । मधेशका युवाशक्तिलाई एकत्रित भई नेतृत्वदायी भूमिका निर्वाह गर्न स्वतन्त्र मधेश गठबन्धनले अपिल गरेको छ ।

मधेशको हकअधिकार, सम्मान र पहिचानका लागि राजनीति गर्ने शीर्ष नेतृत्वहरु महाफेलको अवस्थामा विभिन्न पेशामा सामेल यूवाहरु आआफ्नो स्वार्थको त्याग गरि एकजुट भई मधेशको पहिचान, मधेशीको बलिदानी, आन्दोलन र मधेश विद्रोहको कदर गरि मधेशी शहीदहरुको सपना साकार पार्न मधेशलाई सहि मार्ग प्रशस्त गर्न गठबन्धनले अपिलसहित अनुरोध गरेको हो ।

‘जुनसुकै पार्टी, समूह र सरकारी गैरसरकारी संघ संस्थाहरुमा कार्यरत भएपनि आआफ्नो स्थानबाट मधेशको पूर्ण स्वतन्त्रता र पहिचानको निम्ति बहस, छलफल गरौं र मधेशलाई अस्तित्व र पहिचानका लागि अघि बढौं । मनलाई फराकिलो बनाई,पार्टी, जात धर्मलाई थाती राखी मधेशको अन्न र पानीको ऋण चुक्ता गर्ने समय आइसकेको छ ।’ गठबन्धनका प्रवक्ता अब्दुल खानले अपील गरेका छन् ।

खानले अपीलमा भनेका छन्, ‘हामीले विश्वास गरेका शिर्ष नेतृत्वहरु जति गर्नुथियो गर्नुभयो अब उहांहरु विभिन्न बहानामा लिप्त भई उहाहरुले लिएको माग उहाँहरुलाई नै गलत लाग्न थाल्यो, आफूमा नै एक अर्कामा आरोप प्रत्यारोप लगाउने अवस्थामा मधेशी जन्तालाई यूवा नेतृत्वको अवश्यकता हुनेभएकोले सत्य, न्याय र अहिंसात्मक बाटो रोजि अघि बढौ ।’

मधेशको अन्तर्राष्ट्रिय अस्तित्व र पहिचान हुने स्थायी समाधान खोज्नुपर्ने भन्दै प्रवक्ता खानले सामान्य अधिकारका लागि पटक पटक रगतको खोला बगाउन नपरोस् ततपश्चात मात्र मधेशको युग परिवर्तन भई समृद्धि, उन्नतीमा प्रवेश पाउँछ, अपील गरिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com