प्रसौनी गाउँपालिका बेलहियाको वडासमितिले फर्जी काम गरेको आरोप

अनिल गुप्ता, बारा, २३ साउन । प्रसौनी गाँउपालिका वडा नम्बर ६ टोल बेलाहीमा चापाकलको शीर्षकमा वडासमितिले फर्जी काम गरेको रहस्य खुलेको छ । गाँउपालिकाका प्रमुख भोला प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीसहितको टोली सो ठाँउमा अनुगमन गर्न जाँदा चापाकलको शीर्षकमा निकै फर्जी काम भएको देखिएको अध्यक्ष भोला गुप्ताले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७५ मा गरीब असहाय तथा पिछडा वर्गका लागि चापाकलको रकम गाउँपालिकाबाट ३ लाख रुपैयाँ ९ वटा कलका लागि छुटयाएको हुँदा सो रकमको सदुपयोग नै नगरि निर्वाचनताका नै सो चापाकलहरु गाडेको रहस्य खुलेको गाँउपलिकाका अध्यक्ष गुप्ताले भने ।

गाँउका स्थानियहरुले ४ हजार देखि ७ हजार रुपैया आफुहरु दिएर कल गाडेको जानकारी अनुगमन टोलीलाई समेत जानकारी दिएको गूप्ताको भनाई रहेको छ । कतै पाईप मात्र गाडिएको छ ।

सबै चापा कल ब्यक्तिगत रूपले आ(आफ्नो आसेपासेहरुलाई मात्रै दिइएको भएपनि तिनीहरुबाट केहि रकम समेत असुल गरेको अनुगमन टोलीले जानकारी दिएको छ । सार्वजनिक मठ मन्दिर, बिधालय, बजार, स्वास्थ्य कार्यालय, खुल्ला ठाउँ जहा सबैको सहज पहुच होस त्यसतो ठाँउमा चापाकल गाडने प्रक्रिया भएपनि सो प्रक्रियालाई धोती लगाउँदै वडा कार्यालयले प्रक्रियाअनुसार नगाडी ब्यतिmहरुको घरमा गाडेको अनुगमनको क्रममा भेटिएको अनुगमन टोलीका एक सदस्यले बताए ।

गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरीसंग बुझदा त्यस बिषयमा प्रतिक्रिया दिन चाहेन । यसको अर्थ केशरीपनि चापाकलमा हिसादारी राखेको स्रोतले जानकारी दिएको छ । नियम प्रक्रियाबाट भुक्तानी दिन नमिलेपनि प्रमुख केशरीले गाँउपालिकाको अध्यक्षगुप्तालाई माईनस गरि सो चापाकलको भुतmानी कार्यालय मार्फत दिने सहमत भईसकेको स्रोतले दावी गरेको छ ।

तर गाँउपालिकाक अध्यक्ष गुप्ताले भुतmानी रोक्नुपर्दछ भने पक्षमा आफु रहेको बताए । यस विषयमा वडा अध्यक्ष वृजकिशोर कुशवाहासँग बुझ्न खोज्दा सम्पर्क हुन नसकेपछि उनको प्रतिक्रिया भने आउन सकेन ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com