लागूऔषधसहित ओली पक्राउ

लहान, २३ साउन । प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट बुधबार बिहान एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको मोतीपुर–४ निवासी २७ वर्षीय नारायण ओली रहेको प्रहरीले जनाएको छ । जाँच गर्ने क्रममा ओलीको साथबाट नाइटराभेट आर टेन ५८ पत्ता (प्रति पत्तामा ३० ट्याब्लेट), स्पामो प्रोक्सिफोन आर प्लस ६ पत्ता (प्रतिपत्तामा २४ क्याप्सुल) र अर्को काटेको स्पामो प्रोक्सिन आर प्लस १६ क्याप्सुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com