नेपाल र भारतका उच्च सुरक्षाअधिकारीहरुको बैठक नयाँ दिल्लीमा

काठमाडौं, २३ साउन । नेपाल र भारतको सीमा क्षेत्रमा हुने सीमा सुरक्षा र अपराधिक गतिविधि नियन्त्रणलगायतका विषयमा छलफल गर्न दुवै मुलुकका उच्च सुरक्षाअधिकारीहरुको बैठक नयाँ दिल्लीमा सुरु भएको छ ।

नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरु सम्मिलित ‘को(अर्डिनेसन समिति’ को तेस्रो बैठकमा विशेषगरी सीमाको सुरक्षा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण, मानवतस्करीजस्ता विषयमा केन्द्रित हुने बताइएको छ ।

त्यसका अतिरिक्त सीमा सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय स्तरमा सूचना आदानप्रदान तथा सञ्चार सेवा दुरुस्त बनाउने विषय पनि बैठकको एजेण्डामा रहेको छ ।

साथै सीमा सुरक्षाको जिम्मेवारी सम्हालिरहेको सशस्त्र सुरक्षा बलको क्षमता अभिवृद्धिका लागि दुई पक्षीय तालिमका विषयमा पनि छलफल गरिने छ । यसबाहेक परराष्ट्र र गृह मन्त्रालयसँग जोडिएका अन्य विषयहरुमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा सहभागी पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गरेका छन् । प्रत्येक वर्ष हुनुपर्ने भए पनि ‘कोअर्डिनेशन समिति’ को बैठक चार वर्षयता बस्न सकेको थिएन । यसअघि सन् २०१२ मा पहिलो र २०१४ मा दोस्रो बैठक बसेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com