ईपीजी प्रतिवेदन बुझाउन ढिलाइ

काठमाडौं, २३ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यव्यस्तताका कारण प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन कहिले बुझाउने भन्ने टुंगो लाग्न सकेको छैन ।

असार १५ र १६ मा काठमाडौंमा बसेको ईपीजी बैठकले संयुक्त प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो। दुवै मुलुकका प्रधानमन्त्रीलाई औपचारिक कार्यक्रमबीच हस्तान्तरण गर्ने तय भएको थियो ।

पहिले भारतीय प्रधानमन्त्री र त्यसपछि काठमाडौंमा प्रधानमन्त्री केपी ओलीलाई संयुक्त रूपमा प्रतिवेदन बुझाउने सहमति छ । दुई देशबीचका सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको ईपीजीको दुईवर्षे समयावधि असार २० मा सकिएको थियो ।

ईपीजीका भारतीय पक्ष संयोजक भगतसिंह कोसियारीले पनि प्रतिवेदन बुझाउन प्रधानमन्त्री मोदीलाई पर्खिएको बताए । अगस्ट दोस्रो सातासम्म प्रतिवेदन बुझाइसक्ने उनको भनाइ छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com